काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा छ्याङ्दी हाइड्रोपावरको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १०० प्रतिशत हकप्रद शेयर पछिको मूल्य समायोजन भएको हो । कम्पनीले हकप्रद शेयर निष्काशनको लागि बुक क्लोज गरेसँगै नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो ।
बिहीबार कम्पनीको अन्तिम कारोबार मूल्य ४७८ रुपैयाँ २२ पैसाको आधारमा कम्पनीको मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात यस कम्पनीको शेयर मूल्य २८९ रुपैयाँ ११ पैसा कायम भएको छ । सोही मूल्यलाई आधार मानेर आइतबार कम्पनीको शेयर कारोबार खुल्नेछ ।

















