IME Life New

जेठ ९ गतेबाट सर्वसाधारणका लागि सान्भी इनर्जीको आइपीओ

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सान्भी इनर्जीले जेठ ९ गतेदेखि आइपीओ जारी गर्ने भएको छ।

दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि आइपीओ जारी गर्न लागेको हो। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको आइपीओ बाँडफाँट गरिसकेको छ।

Crest

कम्पनीले सर्वसाधारणका लागि २४ करोड १५ लाख ३० हजार रुपैयाँबराबरको आइपीओ बिक्री खुला गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २४ लाख १५ हजार ३०० कित्ता शेयर जारी गर्नेछ।

यो आइपीओमा सर्वसाधारण न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक र वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा सीडीएससीको ‘मेरो शेयर’मार्फत आवेदन दिन सक्नेछन्।

सान्भी इनर्जीको आइपीओको निष्कासन बन्द छिटोमा जेठ १३ गते र ढिलोमा जेठ २३ गते हुनेछ। कम्पनीको आइपीओ बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS