IME Life New

धितोपत्र बोर्डले न्यादी हाइड्रोपावरको शेयर बिक्री गर्ने कार्य स्थगित गर्न बुटवल पावरलाई निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बुटवल पावर कम्पनीलाई न्यादी हाइड्रोपावरको शेयर बिक्री कार्य हाललाई स्थगित गर्न निर्देशन दिएको छ।

धितोपत्र बोर्डले आज एक सूचना जारी गर्दै बुटवल पावरलाई न्यादी हाइड्रोपावरको शेयर बिक्री कार्य हाललाई स्थगित गर्न निर्देशन दिइएको जानकारी दिएको हो। ‘बुटवल पावरका सञ्चालकहरु न्यादी हाइड्रोपावरमा समेत सञ्चालक रहेको देखिएको छ’, सूचनामा भनिएको छ, ‘त्यसैले बुटवल पावरले न्यादी हाइड्रोपावरको शेयर बिक्री गर्ने कार्य धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१क)विपरीत रहेको देखिन्छ।’

Esewa
Crest

यस सम्बन्धमा कम्पनीको धारणासहित यथार्थ विवरण पेस गर्न र हाललाई उक्त शेयर बिक्री गर्ने कार्य स्थगन गर्न निर्देशन दिइएको धितोपत्र बोर्डले जनाएको छ।

गत वैशाख २४ गते बुटवल पावरले आफ्नो स्वामित्वमा रहेको न्यादी हाइड्रोपावरको ३१ लाख कित्ता शेयर बिक्री गर्न लागिएको भन्दै सूचना जारी गरेको थियो। सूचनामा विद्युत नियमन आयोगले जारी गरेको विद्युतसम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८ को दफा ११ अनुसार सर्वसाधारणको जानकारीका लागि १५ दिनअगावै शेयर बिक्रीको सूचना प्रकाशित गर्नुपर्ने प्रावधान उल्लेख गरिएको थियो।

न्यादी हाइड्रोपावरमा बुटवल पावरको नाममा १ करोड ७ लाख ५१ हजार ४५३ कित्ता शेयर रहेको छ। त्यसमध्ये ३१ लाख कित्ता शेयर बुटवल पावरले दोस्रो बजारमा बिक्री गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS