IME Life New

१६ प्रतिशतले बढ्यो बुटवल पावर कम्पनीको नाफा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जलविद्युत तथा वैकल्पिक उर्जा प्रवर्द्धक कम्पनी, बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८१।८२ को तेस्रो त्रैमाससम्म २१ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत वर्षको सोही अवधिको तुलनामा १६.७८ प्रतिशत बढी हो ।

गत आव २०८०।८१ को चैत्र मसान्तसम्ममा बुटवल पावरले १८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

Esewa
Crest

तेश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार, कम्पनीको सञ्चालन आम्दानी पनि बढेको छ। सञ्चालन आम्दानी ५४ करोड ३७ लाखबाट बढेर ५५ करोड ८७ लाख रुपैयाँ पुगेको छ। अन्य श्रोतवापतको आम्दानी ६ करोड ४४ लाखबाट बढेर ६ करोड ९१ लाख पुगेको छ।

बुटवल पावरको वित्तीय खर्च ९३ लाख ३६ हजारबाट घटेर ६१ लाख ४० हजार रूपैयाँमा झरेको छ । ३ अर्ब ४० करोड ९० लाख ६५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य पूँजीमा ३ अर्ब ६६ करोड ८२ लाख रुपैयाँ छ । तेश्रो त्रैमाससम्ममा प्रति शेयर आम्दानी ६.१७ रुपैयाँ र प्रति शेयर खुद मूल्य २०७.६० रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS