IME Life New

राप्ती हाइड्रोले तय गर्यो हकप्रद शेयर जारी गर्न बुक क्लोजको मिति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले हकप्रद शेयर जारी गर्न बुक क्लोजको मिति तय गरेको छ।

कम्पनीको आज शुक्रबार बसेको बैठकले हकप्रद शेयर जारी गर्न आउँदो जेठ ६ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको मतलब जेठ ५ गतेसम्म कायम शेयरधनीहरुले मात्रै यो कम्पनीको हकप्रद शेयर भर्न पाउनेछन्।

Esewa
Crest

नेपाल धितोपत्र बोर्डले हिजो वैशाख २५ गते राप्ती हाइड्रोलाई हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने अनुमति दिएको हो। अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँबराबरको हकप्रद शेयर निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६१ लाख २७ हजार ९८३ रुपैयाँ कित्ता हकप्रद शेयर बिक्री खुला गर्नेछ।

हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार ६०० रुपैयाँ पुग्नेछ। कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS