IME Life New

कहिलेसम्म कायम शेयरधनीले छ्याङ्दी हाइड्रोपावरको १००% हकप्रद शेयर भर्न पाउँछन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयर निष्कासन प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ।

कम्पनीले आउँदो जेठ २ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ जेठ १ गतेसम्म कायम शेयरधनीले यो कम्पनीको हकप्रद शेयर भर्न पाउनेछन्।

Esewa
Crest

कम्पनीले हाल कायम चुक्तापुँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँबराबरको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। अब कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर आफ्ना शेयरधनीहरुलाई जारी गर्नेछ।

हकप्रद बिक्रीपछि छ्याङ्दी हाइड्रोपावरको चुक्तापुँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ। यो कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS