IME Life New

जीवन बीमा किन सबैका लागि एकदमै महत्वपूर्ण ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवनले हामीलाई सधैँ चेतावनी दिँदैन। केही घटना बिना पूर्वसूचना र हाम्रो अनुमानभन्दा पनि बाहिरको परिदृश्य भएर आइदिन्छन्। जीवनको कुन मोडमा कतिबेला कुनै अप्रत्याशित र अप्रिय घटना भइदिन्छ। कसैले यकीन साथ भन्न सक्दैन।

यस्तो अनिश्चित चुनौतीका बीच केही यस्ता पक्षहरु छन्, जसलाई हामीले सुनिश्चित गर्न सक्छौँ, खासगरी भविष्यमा पर्ने पैसाको खाँचोको पूर्तिका सन्दर्भमा। भविष्यमा खाँचो परेको समयका लागि पैसा बचत गर्ने र सुरक्षित लगानी गर्ने एउटा उत्तम माध्यम हो, जीवन बीमा। त्यसैले जीवन बीमालेख खरिद गर्नु केवल बुद्धिमानीमात्र होइन अति नै महत्वपूर्ण पनि हो। जीवनका विभिन्न चरणमा जीवन बीमाले कसरी महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्नेबारे यहाँ उल्लेख गरिएको छः

Esewa
Crest

जीवित रहँदा र पछिको सुरक्षा

चाहे यो गम्भीर रोग होस्, दुर्घटना होस् वा असामयिक मृत्यु होस्, जीवन बीमाले तपाइँको परिवार र तपाइँका लागि सुरक्षा जालोका रुपमा काम गर्छ। म्यादी, सावधिक वा आजीवन सबैखाले जीवन बीमाले, बीमित जीवित रहेका बेला र बीमितको निधन भइसकेको अवस्थामा पनि साथ दिन्छ।

ऋणहरु समेट्छ

तपाइँले घर खरिद वा बनाउन, सवारीसाधन किन्न, बालबच्चाको शिक्षादीक्षाका लागि ऋण लिनुभएको छ वा क्रेडिट कार्ड चलाउनुभएको छ भने तपाइँको अनुपस्थितिमा (अर्थात निधन वा पूर्णअपांगताको अवस्थामा) जीवन बीमाले ती ऋणहरु तिर्न मद्दत गर्छ। तपाइँको परिवारलाई आर्थिक बोझबाट बचाउन मद्दत गर्छ।

अन्त्येष्टि खर्चको जोहो

अन्त्येष्टिका लागि आवश्यक पर्ने खर्चहरु उच्च हुन सक्छन्। आधारभूत जीवन बीमालेख तपाइँको परिवारलाई भावनात्मक रुपमा कठिन समयमा यस्ता खर्चहरुको जोहोका लागि तनाव लिने र आपसमा झगडा गर्ने अवस्था नआउने सुनिश्चित गर्न सक्छ।

गुमेको आम्दानीलाई प्रतिस्थापन गर्दछ

यदि तपाइँ घरका लागि खर्च धान्ने व्यक्ति हुनुहुन्छ भने तपाइँको अचानक निधनले वा पूर्ण अपांगताले मासिक खर्चदेखि तपाइँको बच्चाको विद्यालयको शुल्कसम्म सबै कुराको खर्च धान्ने अवस्था नहुन सक्छ। यस्तो अवस्थामा जीवन बीमाले यी खर्चको पूर्ति गर्ने सुनिश्चितता गरिदिन्छ।

सम्पत्ति योजना र कर बचतलाई समर्थन

जीवन बीमाले तपाइँको उत्तराधिकारीलाई सहज सम्पत्ति स्थानान्तरणमा मद्दत गर्न सक्छ। साथै, उनीहरुले कर लाभहरु पनि ग्रहण गर्न सक्छन्। परिवक्वता भुक्तानीमा पनि करमा सहुलियत प्राप्त हुन्छ।

सेवानिवृत्ति योजनामा मद्दत

केही योजनाहरु जस्तै– पेन्सनवृत्ति योजनाहरुले सुरक्षासँगै प्रतिफल प्रदान गर्छ। समयसँगै तपाइँले जागिरे जीवनबाट अवकाश लिँदा तपाइँले जवानीमै गर्नु भएको पेन्सनवृत्ति योजना बीमा तपाइँको नियमित आयको उपयोगी प्रवाह गर्ने माध्यम बन्न सक्छ।

त्यसैले जीवन बीमा प्रत्येक गाडीमा राखिएको एउटा अतिरिक्त चक्का हो। जसले यात्राका क्रममा कुनै चक्का पञ्चर भयो वा बिग्रियो भने पनि यात्रा निरन्तर जारी राख्नका लागि साथ दिन्छ। स्रोतः पोलिसीबजार

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS