IME Life New

ॐ हस्पिटल र सानिमा जिआईसी इन्स्योरेन्सबीच क्यासलेस सेवा सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र सानिमा जिआईसी इन्स्योरेन्सबीच सेवा सम्झौता भएको छ।

काठमाडौं गैह्रिधारास्थित सानिमा जिआईसी इन्स्योरेन्सको मुख्य कार्यालयमा बुधबार आयोजित एक संक्षिप्त कार्यक्रमका बीच सेवा सहजीकरण तथा क्यासलेस सेवासम्बन्धी सम्झौता भएको हो । सम्झौताअनुसार सानिमा जिआईसी इन्स्योरेन्सका ग्राहकलाई ॐ हस्पिटलमा उपलब्ध उच्चस्तरको स्वास्थ्य उपचार सेवा अस्पतालको नागरिक बडापत्रमा उल्लेख गरिएअनुसार उपलब्ध गराउने, इन्स्योरेन्स समबद्ध अधिकारीहरुलाई अस्पतालमा उपचार गराइरहेका बिरामीहरुलाई अस्पतालको नियमानुसार भेट्न सहजीकरण गरिदिने, इन्स्योरेन्स सम्बद्ध चिकित्सकहरुलाई ॐ अस्पतालका उपचारमा संलग्न चिकित्सकहरुसँग उपचार योजनाबारे छलफल तथा परामर्शका लागि सहजिकरण गरिदिने, उपचारका बिल बिजकहरु तथा मेडिकल रेकर्डहरुबारे आवश्यकताअनुसार सानिमा जिआईसीका अधिकारीहरुलाई जानकारी दिने, हरेक बिरामीको उपचारका बिल बिजकहरु अलग्गै अडिट गर्नुपर्ने देखिएमा निश्चित समय तोकेर सहजीकरण गरिदिनेलगायका बुँदाहरु समेटिएका छन्।

Esewa
Crest

सेवाग्राही पहिचानका लागि ॐ हस्पिटलले सानिमा जिआईसीद्वारा जारी गरिएको ग्राहक पोलिसी डकुमेन्टको फोटो हेरेर सेवा उपलब्ध गराउने व्यवस्था रहेको उल्लेख छ। संस्थागत कर्मचारीहरुको हकमा सानिमा जिआइसीद्वारा जारी संस्थागत सिफारिसपत्र वा पूर्वप्रमाणीकरणपत्र अनिवार्य रुपमा बुझाउनुपर्नेछ। अस्पतालले सेवाग्राहिको परिचय पत्रको फोटोकपि अनिवार्य रुपमा लिएर बिल पठाउँदा संलग्न गरी पठाउनु पर्नेछ।

सानिमा जिआर्इसी सम्बद्ध सामान्य विरामीको उपचारपूर्व अस्पतालले अनिवार्य रुपमा २४ घन्टाधित्र तोकिएको ढाँचामा इन्स्योरेन्स कम्पनीको फाराम ‘एनेक्स ए’ अनुसार जानकारी गराउनुपर्नेछ।

सानिमा जिआर्इसीले अस्पतालले खबर गरेको दुई दिनभित्र भुक्तानीको जिम्मेवारीपत्र (ग्यारेन्टी अफ पेमेन्ट) वा आधाकारिकतापत्र (अथोराइजेसन लेटर) पठाउनुपर्नेछ । जसका आधारमा उपचार सेवा बापत अस्पतालले जारी गरेको बिल बिजक इन्स्योरेन्समा प्राप्त भएको मितिले २१ दिनभित्र भुक्तानी गरिनेसमेत उल्लेख छ।

सम्झौतामा ॐ हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत र सानिमा जिआईसी इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यायले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS