IME Life New

कर्जाको ब्याज समयमै भुक्तानी नगर्दा जीवन बीमालेख जफत हुने जोखिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमालेखको धितोमा कर्जा सुविधा उपभोग गरेका बीमितले कर्जाबापतको नियमित ब्याज भुक्तानी गर्ने समय भएको छ। चालु आर्थिक वर्ष २०८१।८२ को ब्याजवापतको रकम असार मसान्तपछि पुँजीकृत हुने भएकाले बीमितले असार मसान्तसम्ममा ब्याज भुक्तानी गरेर खर्चको भार घटाउन सक्छन्।

जीवन बीमा कम्पनीले दिने कर्जामा ६–६ महिनामा बीमितले ब्याजबापतको रकम चुक्ता गरिदिनुपर्छ। यसरी ब्याजबापतको रकम चुक्ता नगरेको अवस्थामा जीवन बीमकले ब्याजको रकमसमेत साँवामा जोडिदिने भएकाले साँवाबपतको रकम झन् झन् बढ्दै जान्छ।

Esewa
Crest

जीवन बीमालेखको कर्जा लिने समयमा बीमितलाई ६–६ महिनामा कर्जाको ब्याज अनिवार्य रुपमा भुक्तानी गर्नुपर्छ भन्ने विषयमा राम्ररी जानकारी गराइएको हुँदैन। साथै, बैंकले जस्तो बीमा कम्पनीले बीमितलाई कर्जाको ब्याज रकम भुक्तानी गर्न नियमित रुपमा एसएमएस र ई–मेल गरिदिँदैनन्। ब्याज रकम भुक्तानी गर्न सक्ने क्षमता भएर पनि ब्याज रकम र आफ्नै बीमालेख नम्बरबारे समेत स्मरणमा नहुँदा बीमितले नियमित रुपमा ब्याज तिर्न नसकेको अवस्था छ। यसरी ब्याजबापतको रकम पुँजीकृत हुँदै जाँदा कुनै समयमा बीमालेख नै जफत हुने अवस्था आउँछ। अधिकांश बीमितले बीमालेख जफत हुनुअगावै यसबारे पूर्वजानकारीसमेत पाउन सकेका हुँदैनन्।

जफत रोक्न संघ र नियामकको भूमिका

जीवन बीमालेखको जफत हुनुको मुख्य कारण बीमालेख कर्जा हो। जीवन बीमक संघ नेपाल वा नेपाल बीमा प्राधिकरणले सहजीकरण गरिदिएर बीमितले डिजिटल वालेटमार्फत जतिसुकै रकम भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको अवस्थामा बीमालेख जफत नियन्त्रण गर्न सहयोग पुग्छ।

डिजिटल भुक्तानी माध्यमले ब्याज र कर्जाको साँवाबापतको रकम भुक्तानी गर्न सहज बनाए पनि यसमा अनावश्यक रुपमा अवरोधसमेत खडा गरिएको छ। न्यूनतम रु. ५ हजार भुक्तानी नगर्दासम्म डिजिटल वालेटले बीमालेख कर्जाको ब्याज वा साँवा रकमको भुक्तानी नै स्वीकार्दैनन्। बीमितले वालेटबाट एक पटकमा रु. ५ हजारभन्दा थोरै रकम भुक्तानी गर्न खोज्दा भुक्तानीको प्रक्रिया नै अघि बढ्दैन। अनि बीमितले पछि ब्याज तिर्न बिर्सिन्छन् र पुनः ब्याजको पुँजीकरण भएर झनै भार थपिन्छ।

कर्जाको साँवा वा ब्याजका लागि डिजिटल वालेटमार्फत न्यूनतम रु. ५ हजार भुक्तानी गर्नैपर्ने व्यवस्था कसका लागि ल्याइएको हो ? बीमितको सुविधाका लागि, बीमकको लाभका लागि वा डिजिटल वालेटको व्यापारका लागि ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS