IME Life New

एलआइसी नेपालको अभिकर्ता संघको अधिवेशनमा किचलो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पेसागत अभिकर्ता संघ नेपाल एलआइसी नेपाल बीमक समितिको आसन्न अधिवेशनलाई लिएर किचलो सुरु भएको छ। संघको केन्द्रीय कार्यसमितिका अध्यक्ष र कोषाध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दै चैत १५ गते जनकपुरमा हुने भनिएको अधिवेशनको आह्वान नै अवैध भएको दाबी गरेका छन्।

अध्यक्ष केदारनाथ अधिकारी र कोषाध्यक्ष रुकबहादुर गुरुङले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तिमा चौथो अधिवेशन परिचालन कमिटीले अधिवेशन आह्वानको विधिसम्मत प्रक्रिया पूरा नगरेको, सदस्यता नवीकरण, केन्द्रीय समितिलाई सदस्यताको विवरण र शुल्क नबुझाएको, विधानअनुसारको संगठनात्मक संरचना गठन नभएको लगायतका कैफियता औंल्याउँदै जनकपुर अधिवेशनलाई अवैध ठहर गरेको हो।

Esewa
Crest

विज्ञप्तिमा पेसागत अभिकर्ता संघ नेपाल र बीमक समिति एलआइसी नेपालमातहतको कुनै पनि समितिको आधिकारिक कार्यक्रम चैत १५ गते जनकपुरमा हुनसक्ने अवस्था नरहेको दाबी गरिएको छ।

भिकर्ता रामप्रसाद आचार्य संयोजक रहेको अधिवेशन आयोजक समितिले जनकपुरमा अधिवेशनका लागि सदस्यता नवीकरण, प्रतिनिधि चयनलगायतका आवश्यक सबै तयारी पूरा भइसकेको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS