IME Life New

बीमामा लगानी गर्दा निर्देशिका पनि अध्ययन गर्नुहोस् :अध्यक्ष चिरञ्जीवि चापागाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौं: बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले बीमा कम्पनीहरुमा लगानी गर्दा बीमा समितिले जारी गर्ने निर्देशन र निर्देशिका पनि अध्ययन गर्न अनुरोध गरेका छन् । नेपालमा पहिलो पटक आयोजना गरिएको पूँजी बजार प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै कम्पनीले बोनस वा हकप्रद दिंदैछ भन्ने हल्लाका पछाडि नदौडन लगानीकर्तालाई सुझाए ।

अध्यक्ष चापागाईले कुनै पनि कम्पनीले बोनस वा हकप्रद जारी गर्दा कम्पनीको सञ्चालक समितिले निर्णय गर्दैमा जस्ताको तस्तै लागू नहुने भन्दै कम्पनीभन्दा माथि पनि दुई नियमनकारी निकाय रहेको बताए । उनले भने, ‘अहिलेको हाम्रो प्रक्रिया अनुसार कुनै पनि कम्पनीले बोनस वा हकप्रद जारी गर्दा कम्पनीको सञ्चालक समितिले निर्णय गर्छ । त्यो भन्दामाथि दुईवटा निकाय हुन्छ । एउटा सम्बन्धी संस्थाको नियामक निकाय र अर्को नेपाल धितोपत्र बोर्ड रहेको हुन्छ । यसर्थ लगानीकर्ताहरुले सम्बन्धित कम्पनीको सञ्चालक समितिले निर्णय गर्दैमा कुनै किसिमको लाभांश पाइहालिन्छ भने नदौंडौं ।’

Esewa
Crest

उनले सञ्चालक समितिले निर्णय गर्दा नगर्दै लगानीकर्ताहरु बोनस वा हकप्रदको पछाडि लागेर लगानी गर्ने प्रवृत्ति रहेको भन्दै विशेषगरी बीमा कम्पनीहरुमा लगानी गर्दा बीमा समितिले जारी गर्ने निर्देशिका पनि अध्ययन गर्नुपर्ने बताए ।

उनले लगानीकर्ताले उठाएको एभरेष्ट इन्स्योरेन्सको विषयलाई सम्बोधन गर्दै कम्पनी पुरानो प्रावधानलाई टेकेर सबै सेयर पब्लिक भएको भन्दै पछिल्लो निर्देशिका अनुसार ४९ प्रतिशत साधारण र ५१ प्रतिशत संस्थापक गर्न बीमा समितिले निर्देशन दिएको प्रस्टाए । उनले भने, ‘एभरेष्ट इन्स्योरेन्सका नयाँ कम्पनी ऐन २०६३, साथै बीमा समितिले संस्थापक सेयर खरिदबिक्री गर्ने निर्देशिका जारी गर्नुभन्दा अगाडि नै पुरानो कम्पनी ऐनको प्रावधानलाई टेकेर सबै सेयर पब्लिक भएको रहेछ ।’

पछिल्लो पटक बीमा समितिले पूँजी बढाउने निर्णय गरेसँगै बीमा समितिको निदेशिका अध्ययन नगरी कम्पनी पूँजी बढाउने प्रक्रियामा जाँदा सो समस्या आएको बताए । उनले लगानीकर्ताबाट कम्पनीले घोषणा गरेको १ : ६ को अनुपातमा हकप्रद जारी गर्नुपर्ने माग आए बीमा समिति पहल गर्ने बताए ।

यो पनि हेर्नुहोस्

एभरेष्ट इन्स्योरेन्सको बोनस सेयर पारित, ६०० प्रतिशत हकप्रद खारेज, कसरी पुर्याउँदैछ पूँजी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS