IME Life New

एनआईसी एसिया बैंकले बिक्रीमा राखेको यी ५ कम्पनीको शेयर उठाउने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एसिया बैंकले लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको ५ वटा कम्पनीको करिब साढे १४ लाख बढी कित्ता शेयर खरिदका लागि बोलपत्र पेस गर्ने आज अन्तिम दिन रहेको छ।

बैंकले आफ्नो स्वामित्वमा रहेको ५ कम्पनीको १४ लाख ४६ हजार ८८४ कित्ता शेयर बिक्रीमा राखेको छ। जसमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को १० लाख कित्ता, जीवन विकास लघुवित्तको २ लाख ८७ हजार ८४२ कित्ता, सूर्योदय वोमी लघुवित्तको ५९ हजार ६० कित्ता, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ५० हजार कित्ता र नागरिक लगानी कोषको ५० हजार कित्ता रहेको छ। यी कम्पनीको शेयर खरिदका लागि आज बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिनेछ।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता निफ्राको १०५ रुपैयाँ, जीवन विकास लघुवित्तको ५४० रुपैयाँ, सूर्योदय वोमी लघुवित्तको २६९ रुपैयाँ, सूर्यज्योति लाइफको १५९ रुपैयाँ र नागरिक लगानी कोषको ६९६ रुपैयाा तोकिएको छ। लगानीकर्ताले शेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

यी कम्पनीको लिलामी शेयरमा योग्य लगानीकर्ताले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा आफूले लिन चाहेको शेयर संख्या खुलाउनुपर्नेछ भने अधिकतममा सम्पूर्ण शेयर खरिदका लागि आवेदन दिन सकिनेछ।

बोलपत्र काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय तथा शाखाहरु काठमाडौं, विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगरमा पेस गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS