IME Life New

प्राधिकरणमा ५० जना बढी करार जनशक्ति, संवेदनशील काममा पनि करारकै भर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा कार्यरत जनशक्तिमध्ये करार र अस्थायी प्रकृतिका जनशक्तिको संख्या उल्लेख्य रहेको पाइएको छ। प्राधिकरणमा कार्यरत १६० जनामध्ये ५० जनाभन्दा बढी करार सम्झौतामार्फत नियुक्त कर्मचारी छन्।

करार सम्झौताबाट नियुक्त गरिएका कर्मचारीले कुल कार्यरत जनशक्तिको ३१.२५ प्रतिशत हिस्सा ओगटेको छ। नियामकीय दायरा फराकिलो हुनुका साथै विभिन्न विशिष्टीकृत प्रकृतिका सेवाप्रदायकको बढ्दो उपस्थिति, बीमा कारोबारमा विस्तारसँगै थपिएको जटिलता र बीमाको प्राविधिक प्रकृतिका कारण प्राधिकरणका लागि सम्बन्धित विषयमा दक्ष जनशक्तिको आवश्यकता छ।

Esewa
Crest

प्राधिकरणका अनुसार करारमा नियुक्त गरिएकामध्ये केन्द्रीय कार्यालयमा २९ जना कार्यरत छन्। उनीहरुलाई बीमांकी, कानुन शाखा, उजुरी, सम्पत्ति शुद्धीकरण निवारण, दर्ता चलानी, चालक र कार्यालय सहयोगीका रुपमा नियुक्त गरिएको छ। योमध्ये बीमांकी, कानुन शाखा, उजुरी, सम्पत्ति शुद्धीकरण निवारणको काम संवेदनशील काम हो।

यसैगरी प्रादेशिक कार्यालयमा कुल २१ जना बढी करार जनशक्ति खटाइएका छन्। उनीहरुमध्ये कम्प्युटर अपरेटर, चालक र कार्यालय सहयोगी छन्।

नियमित दरबन्दीबाट कर्मचारी नियुक्त गर्न नपाएपछि प्राधिकरणले महत्वपूर्ण र संवेदनशील जिम्मेवारीको काममा पनि करार सम्झौतामार्फत जनशक्ति नियुक्त गरिरहेको छ। पछिल्लोपटक केही समयका लागि अध्यक्ष पद सम्हालेका मदन दाहालको कार्यकालमा धेरै कर्मचारीको करार सम्झौता नवीकरण गरिएको थियो।

बीमा प्राधिकरणका प्रवक्ता एवं कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले प्राधिकरणले प्राविधिकतर्फ मात्रै करारमा जनशक्ति नियुक्त गर्न पाउने बताए। ‘हाल करारका जनशक्ति भनेको प्राविधिकतर्फ मात्रै रहेको छ’, उनले भने।

वर्षमा एकपटक मात्रै लोकसेवा आयोगबाट सहमति लिई जनशक्ति नियुक्त गर्न सकिने व्यवस्था रहेको सुवेदीले जानकारी दिए। ‘सम्बन्धित मन्त्रालयको स्वीकृतिमा स्थायी कर्मचारी नियुक्त गर्न सकिन्छ’, उनले भने।

प्राधिकरणको प्रशासनतर्फ सबै जनशक्ति स्थायी रहेको सुवेदीले जानकारी दिए। तर वास्तवमा यस्तो नभएको प्राधिकरणकै अर्का एक अधिकारीले इन्स्योरेन्स खबरलाई भने ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS