IME Life New

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २७औँ बार्षिक साधारण सभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २७औँ बार्षिक साधारण सभा अम्रपाली बैङ्क्वेट, भाटभटेनी, नक्शाल, काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले बीमा नागरिकको जीवनसँग प्रत्यक्ष रुपमा जोडिएको हुन्छ भन्दै बिगत दुई दशक भन्दा लामो समयदेखि यस आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्सले नागरिकको जीवनमा आईपर्ने यस्तै अनेकौँ जोखिमहरुको न्युनीकरण गर्न सहजकर्ताको भुमिका खेलिरहेको र समग्र अर्थतन्त्रमा नै महत्वपुर्ण योगदान पु-याउदै आईरहेको जानकारी दिए ।

उक्त अवसरमा ढकालले समीक्षा बर्षमा निर्जीवन बीमा कम्पनीहरुले रु.४१.४७ अरब बीमाशुल्क आर्जन गरेका छन् जुन गत आ.ब. भन्दा २.८ प्रतिशतको वृद्धि हो । साथै आ.ब. २०८०।०८१ मा कूल ग्राहस्थ उत्पादनमा निर्जीवन बीमा क्षेत्रको ०.७३ र कूल बीमा क्षेत्रको ३.४७ प्रतिशत योगदान रहेको छ । सो सुचकांकले बीमा क्षेत्रको विकासमा प्रचुर सम्भावना रहेको प्रष्ट देखिएको जानकारी दिँदै समीक्ष बर्षमा यस कम्पनीले ३.६३ अरब बीमा शुल्क आर्जन गरी गत बर्षको दांजोमा ७.१२ प्रतिशतले वृद्धि गर्न सफल भएको जानकारी गराए ।

Esewa
Crest

त्यसैगरी कम्पनीले आर्थिक बर्ष २०८०।०८१ को वितरणयोग्य मुनाफा तथा गत आर्थिक बर्षको संचित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको ९.७३६८ प्रतिशतका दरले हुन आउने रकम रु.२९ करोड ४९ लाख ६१ हजार ५सय ३० (कर प्रयोजनार्थ सहित) नगद लाभांश सभाबाट पारित भएको जानकारी दिए ।

कम्पनीको आफ्नै जग्गामा निर्माणाधिन ११ तल्लाको भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको, भवनको सम्पूर्ण कार्य करिब ६ महिना भित्र सकिने अपेक्षा रहेको र यसै गरी कम्पनीले आगामी बर्षदेखि विभिन्न प्रदेशमा समेत आफ्नै भवनको अवधारणा अगाडी सारेको र सोलाई क्रमश व्यवस्था गर्दै लगिने व्यहोरा समेत शयरधनी महानुभावहरुलाई जानकारी दिए । कम्पनीले २७औँ साधारण सभा समक्ष पेश गरेको सबै साधारण तथा विशेष प्रस्तावहरु सभाले कर्तल ध्वनीका साथ स्वीकृत गरेकोमा सबै शेयरधनीहरुलाई धन्यवाद व्यक्त गरे ।

सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको २७औँ बार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई स्वगात गर्दै कम्पनीले आफ्ना ग्राहक महानुभावहरु, लगानीकर्ता, नियमनकारी निकायहरु र सहकर्मी साथीहरुको टिमको सहयोगबाट आज बीमा बजारमा एक अग्रणी कम्पनीको रुपमा स्थापित भईरहेको जानकारी दिए । यसलाई निरन्तरता प्रदान गर्न कम्पनी सदा तत्पर रहने बाचा व्यक्त गरे । लगानीकर्ताहरुको भावना र संचालक समितिको निर्देशनले अगाडी बढिरहेको जानकारी गराए ।

बीमाको पहुँचलाई देशको सबैक्षेत्रमा पु-याउने हेतुले हामीले सातै वटै प्रदेशमा रहेका ६९ वटा शाखा तथा उपशाखा र १४ वटा सेवा काउण्टरहरु गरी ८३ स्थानमा आफ्नो बलियो उपस्थिती सहित ५०१ जना कर्मचारीहरु रहेको छन भने ४५.७९ प्रतिशत महिला कर्मचारी रहेको, ४०० अभिकर्ताहरु र १९१ सर्भेयरहरु मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई सेवा प्रदान गरिरहेको जानकारी गराए । कम्पनीले गत आर्थिक बर्ष २०७९।०८० मा हासिल गरेको बीमा प्रिमियम रकम रु.३ अरब ३९ करोड ४५ लाखमा ७.१२ प्रतिशतले वृद्धि गरी समीक्षा बर्षमा रु.३ अरब ६३ करोड ६१ लाख बीमा प्रिमियम संकलन गर्न सफल भएको छ ।

त्यसैगरी नेपाल सरकारलाई गत आ.ब.मा विभिन्न कर वापत कूल रु.५९ करोड २८ लाख भुक्तानी गरेकोमा समीक्षा बर्षमा ३५.८० प्रतिशतले वृद्धि गरी रु. ८० करोड ५० लाख राष्ट्र निर्माणमा ठूलो योगदान पु¥याएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS