काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले चालू आर्थिक वर्ष २०८१/८२ को दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स मर्ज भएर सिद्धार्थ प्रिमियर इन्स्योरेन्स बनेको हो भने सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स मर्ज भएर सगरमाथा लुम्बिनी इस्योरेन्स बनेको हो । दुवै कम्पनीका प्रमुख वित्तीय सूचकलाई आधार मानेर गरिएको तुलानात्मक अध्ययन :
चुक्ता पूँजी : कम्पनीहरुले प्रकाशन गरेको चालु आर्थिक वर्ष ८१/८२को दोश्रो त्रैमासको वित्तीय विवरणको आधारमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको चुक्ता पुँजी २ अर्ब ८० करोड रहेको छ भने सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको चुक्ता पुँजी २ अर्ब ६२ करोड रहेको छ ।
स्पेशल रिजर्भ : सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको स्पेशल रिजर्भमा २ अर्ब ५० करोड रहेको छ भने सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको स्पेशल रिजर्भमा २ अर्ब ५५ करोड रहेको छ ।
महाविपत्तिकोष : सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको महाविपत्तिकोषमा १९ करोड ९४ लाख रहेको छ भने सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको महाविपत्तिकोषमा १९ करोड ७८ लाख रहेको छ ।
रिटेण्ड अर्निङ्ग : सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको रिटेण्ड अर्निङ्गमा १ अर्ब ३१ करोड १९ लाख रहेको छ भने सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको रिटेण्ड अर्निङ्गमा ६३ करोड ९७ लाख रहेको छ ।
अन्य इक्विटी: सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको अन्य इक्विटीमा १ अर्ब २४ करोड ५८ लाख रहेको छ भने सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको अन्य इक्विटीमा ४१ करोड ९५ लाख रहेको छ ।
कुल बीमा शुल्क आर्जन : सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १ अर्ब ५४ करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब ८३ करोड कुल बीमा शुल्क आर्जन गरेको छ।
खुद बीमा शुल्क आर्जन : सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ८० करोड ३९ लाख खुद बीमा शुल्क आर्जन गरेको छ भने सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले ७१ करोड ९१ लाख खुद बीमा शुल्क आर्जन गरेको छ।
खुद नाफा : दोश्रो त्रैमाससम्म सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले २२ करोड ५० लाख खुद मुनाफा गरेकोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले ६ करोड ५८ लाख रुपैयाँ खुद मुनाफा गरेको छ ।
प्रति शेयर आम्दानी : सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको वार्षिक प्रति शेयर आम्दानी १६.०३ रुपैयाँ छ भने सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको ५.०२ रुपैयाँ छ ।
प्रति शेयर नेट्वर्थ : सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको प्रति शेयर नेट्वर्थ २८७.३४ रुपैयाँ छ भने सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको २४५.१८ रुपैयाँ छ ।
“उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।”

















