IME Life New

एनआईसी एसिया पथमा हिमालयन बैंक, सुशासनमा हदैसम्मको मनपरी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरुले सुशासनमा हदैसम्मको लापरबाही गर्ने गरेको पाइएको छ। पछिल्लो समय मात्रै एनआईसी एसिया बैंकभित्रको आन्तरिक कलह चलिरहेको समयमा हिमालयन बैंकमा पनि सुशासनमा मनपरी गर्ने गरेको पाइएको हो।

एकीकृत निर्देशनको पालना नगरी मनपरी गरेको पाइएपछि राष्ट्र बैंकले हिमालयन बैंकलाई कारबाही गरेको छ। कर्जा सापटको वर्गीकरण भाखा नाघेको अवधिका आधारमा नगरी कर्जा नोक्सानीसम्बन्धी व्यवस्थाहरुको पालना नगरेको पाइएपछि राष्ट्र बैंकले बैंकलाई कारबाही गरेको छ।

Esewa
Crest

राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले निर्देशनको पालना नगरेर मनपरी गरेको भन्दै हिमालयन बैंक कारबाहीमा परेको हो।

हिमालयन बैंक यस्तो बैंक हो, जसले केन्द्रीय बैंकको नियामकीय व्यवस्थाको धज्जी उडाउँदै बैंकको ऋण उठाउन बाहिरी व्यक्ति प्रयोग गरिरहेको छ। यस बैंकले विभिन्न व्यक्तिसँग सम्झौता नै गरेर प्रचलित कानुनविपरीत गुन्डागर्दी शैलीमा ऋण असुली गर्ने गरेको पाइएको हो।
यतिमात्र नभएर बैंकले लगानीकर्तालाई लाभांशसमेत बाँड्न सकेको छैन। बैंकले आर्थिक वर्ष २०८०।८१ को लाभांश दिन सकेन। बैंकले आर्थिक वर्ष २०७९।८० को पनि लाभांश वितरण गरेको थिएन। बैंकले लगातार दुई वर्ष लाभांश नदिएपछि बैंकका सेयरधनि निराश बनेका छन्।

सिभिल बैंकसँग मर्जरमा गएको यस बैंकभित्र बेथितिका चाङ रहेको कर्मचारीहरु बताउँछन्। बैंकका सीईओ अशोक राणाले गरेको टेलिफोन खर्च १३ लाख ४० हजार ३१ रुपैयाँ पुगेको बैंकको वार्षिक प्रतिवेदनमा उल्लेख छ। उनको यो टेलिफोन खर्च अति नै धेरै हो। टेलिफोन खर्च देखाएर उनले यो रकम अन्तै खर्च गरेको शेयरधनीहरुको आरोप समेत उनीमाथि छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक छ। यसरी एकपछि अर्को समस्यामा हिमालयन बैंक पनि फस्दै गएको छ। हालै कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा भएकोबाट पाठ सिक्नुपर्ने भए पनि बैंकहरुले सिक्न नसकेको वित्तीय जानकारहरु बताउँछन्।

हिमालयन बैंकको नेतृत्वमा अशोक राणाकै हालीमुहाली छ। उनी करिब १६ वर्षदेखि यस बैंकको नेतृत्वमा छन्। कर्मचारीहरु उनको खुलेर विरोध गर्न सक्दैनन्। तर, राणाबाट आजित भएको अनौपचारिक संवादहरु गर्दै आइरहेका छन्।

बैंकले यतिखेर निष्क्रिय कर्जा उठाउनसमेत सकिरहेको छैन। त्यसकारण ऋणीलाई तर्साएरै भए पनि असुली गर्ने रणनीति उसको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS