IME Life New

एक महिनामा लघु बीमा व्यवसाय मार्फत २६ करोड २५ लाख बीमाशुल्क संकलन, कसको कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८१/ ८२ को माघ महिनामा मात्रै लघु बीमा व्यवसायबाट १४ कम्पनीले २६ करोड माथि बीमाुशल्क संकलन गरेका छन् । एक महिनामा ३ वटा लघु जीवन बीमा कम्पनी सहित १२ ठुला जीवन बीमा कम्पनीले ३ लाख १ हजार ४४४ वटा बीमा पोलिसी बिक्री गरी २६ करोड २५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

माघ महिनासम्ममा यी कम्पनीहरुले ४० लाख ३१ हजार १२ वटा बीमा पोलिसी बिक्री गरी कुल १ अर्ब ५४ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

Crest

माघ महिनामा गार्डियन माइक्रो लाइफले २ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । क्रेष्ट माइक्रो लाइफले २ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । लिवर्टी माइक्रो लाइफले १ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
त्यस्तै, नेशनल लाइफले ७ करोड २५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेपाल लाइफले १ करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एलआइसी नेपालले २९ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । मेट लाइफले १ करोड २२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफले १२ लाख ४० हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

सन नेपाल लाइफले ४ लाख ५७ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले ८ लाख १८ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सिटिजन लाइफले ३ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

सूर्यज्योति लाइफले २ करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले २ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले १ करोड २८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS