IME Life New

गुगलमाथि रुसको एक्सन, लाखौँ रकम जरिवाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रुसको एक अदालतले गुगललाई ३८ लाख रुबल जरिवाना लगाएको छ। जसलाई नेपाली मुद्रामा परिणत गरेमा करिब पौने ५८ लाख रुपैयाँबराबर हुन आउँछ।

रुसमा युट्युबले केही भिडियो होस्ट गरिरहेको थियो। जसमा रुसी सैनिकलाई आत्मसमर्पण गर्न निर्देशन दिइएको थियो। यो जानकारी रुसी समाचार एजेन्सी टासले नै दिएको हो। रुसले लगाएको जरिवानाप्रति गुगलले कुनै प्रतिक्रिया दिएको छैन।

Esewa
Crest

रुसले विदेशी प्राविधिक कम्पनीलाई निगरानी गरिरहेको छ र उनीहरुलाई अवैध सामग्रीलाई प्लेटफर्मबाट हटाउन आदेश दिइरहेको छ। यसमा युक्रेन युद्धसँग सम्बन्धित नक्कली जानकारी पनि समावेश छ।

युट्युब अहिले पनि रुसमा उपलब्ध प्रमुख विदेशी प्लेटफर्ममध्ये एउटा हो। रुसी र पश्चिमी प्रविधि कम्पनीबीच लामो समयदेखि तनाव छ र गुगलमाथि लगाइएको यो जरिवानाले त्यो तनाव बढाएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डिसेम्बरमा गुगलमाथि गम्भीर आरोप लगाएका थिए। उनले गुगलले अमेरिकी सरकारको राजनीतिक अजेन्डालाई अघि बढाएको बताएका थिए। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS