IME Life New

स्वास्थ्य बीमा बोर्डको रिक्त कार्यकारी निर्देशक पदमा ११ जनाको उम्मेदवारी, को-को छन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डमा रिक्त रहेको कार्यकारी निर्देशक पदमा ११ जनाको उम्मेदवारी परेको छ।

डा दामोदर बसौलाको कार्यकारी निर्देशकको कार्यकाल गत कात्तिक २५ गतेबाट पूरा भएको थियो। कार्यकारी निर्देशकको पद रिक्त रहेको ३ महिनापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा गठित सिफारिस मितिले माघ २४ गते एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको थियोे। दरखास्त पेस गर्ने अन्तिम मिति फागुन ४ गतेसम्म रहेको थियो।

Esewa
Crest

समितिले स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २१ बमोजिम योग्यता पुगेका र दरखास्त आह्वान गर्दा तोकिएका सर्तहरु पूरा गरेकाहरु ११ जना उम्मेदवारको नाम सार्वजनिक गरेको हो। दरखास्त दिनेहरुमा गंगप्रसाद जोशी, डा शक्ति बस्नेत, रामप्रताव यादव, डा सागरकुमार राजभण्डारी र रामप्रसाद पौडेल छन्।

त्यस्तै, शम्भुप्रसाद ज्ञवाली, कमल पन्थी, डा कृष्णप्रसाद अधिकारी, डा प्रमोदकुमार यादव, होमनाथ न्यौपाने र डा रघुराज काफ्लेले पनि कार्यकारी निर्देशन पदमा दरखास्त पेस गरेका छन्।

समितिले खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशकको नियुक्ति प्रक्रिया अगाडि बढाएको हो। दरखास्त पेस गर्दा उम्मेदवारले आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणपत्रको प्रतिलिपिका साथै अवधारणापत्रसहितको कार्ययोजना पेस गर्न भनेको छ।

अब अवधारणापत्रसहितको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्तासम्बन्धी सूचना पछि प्रकाशन गरिने समितिले जनाएको छ।समितिले अब दरखास्त दिएकामध्ये ५ जनाको नाम सर्टलिस्ट गरी कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तालाई डाक्नेछ। त्यसपछि उच्च अंक प्राप्त गर्ने कम्तीमा ३ जनाको नाम छनौट गरी समितिले मन्त्रिपरिषदसमक्ष सिफारिस गर्नेछ। मन्त्रिपरिषद ती उम्मेदवारमध्ये एकजनालाई बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS