IME Life New

एक दशकमा डेढ गुणा बढ्यो कुल बीमाशुल्क र गार्हस्थ उत्पादनको अनुपात

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा क्षेत्रको कुल गार्हस्थ उत्पादन (प्रचलित मूल्य)का आधारमा बीमाशुल्कको अनुपात पछिल्लो एक दशकको अवधिमा साढे ३ प्रतिशतले वृद्धि भएको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०।८१ मा कुल गार्हस्थ उत्पादनमा कुल बीमाशुल्कको अनुपात बढेर ३.४७ प्रतिशत पुगेको हो।

Esewa
Crest

एक दशकअघि आर्थिक वर्ष २०७०।७१ मा कुल गार्हस्थ उत्पादनमा कुल बीमाशुल्कको अनुपात १.३८ प्रतिशत मात्र रहेको थियो। बीमा कारोबार बढ्दै जाँदा क्रमिक रुपमा यस्तो अनुपातमा पनि वृद्धि देखिएको हो। आर्थिक वर्ष २०७९।८० मा यो वृद्धिदर ३.४२ प्रतिशत थियो।

बीमा प्राधिकरणले प्रकाशन गरेको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९।८० मा कुल १ खर्ब ८२ अर्ब ९१ करोड रुपैयाँ बीमाशुल्क संकलन भएकोमा आर्थिक वर्ष २०८०।८१ मा ८.२३ प्रतिशतले बढेर १ खर्ब ९७ अर्ब ९७ करोड रुपैयाँ संकलन भएको छ। आर्थिक मन्दीका कारण अन्य क्षेत्रझैँ बीमा क्षेत्रको वृद्धिदरमा पनि पछिल्लो २ वर्षयता संकुचन देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS