IME Life New

उत्पादनमा क्षतिपुर्ति दिने बीमा योजना ल्याउनुपर्छ : अध्यक्ष चापागाईं

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौंः आगामी बजेटबारे सघन रुपमा छलफल चलिरहँदा बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले उत्पादनमा क्षतिपूर्ति दिने गरी बीमा योजना ल्याउनु पर्ने बताएका छन् । बीमाले लागतअनुसार क्षतिपुर्ति दिने व्यवस्था भएपनि उत्पादनमा क्षतिपुर्ति दिने योजना ल्याउनुपर्ने उनको जोड थियो ।

सोमबार नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको बजेटमाथि केन्द्रित रहेर आयोजना गरेको अन्तक्रिया कार्यक्रममा अध्यक्ष चापागाईले बीमालाई सबैको पहुँचमा पुर्याउनका लागि सबै किसिमका लघुबीमा कार्यक्रमलाई एकैछाना मुनिबाट सञ्चालन गर्न सकिने गरी योजना ल्याउनु पर्ने बताए । उनले पछिल्लो समय कृषि बीमाका कृषकहरुको आकर्षण बढेको भन्दै त्यसमा पनि वैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई स्वरोजगार बढाउन कृषिमा थप अनुदानको व्यवस्था गर्न पनि उनले सुझाए ।

Esewa
Crest

उनले पछिल्लो समय मुस्ताङको जोमसोममा मौसमका कारण हुने क्षतिमा बीमा दिने कार्यक्रम शुरु गरेको भन्दै यस्ता खाले बीमा योजना देशैभरी लैजाने वातावरण भएमा कृषकलाई मौसमका कारण हुने क्षति बीमाले कभर गर्ने उनको भनाई छ । यसका लागि बजेटमार्फत देशैभरि सिजनल इन्डेक्स मापन केन्द्र स्थापना गर्ने कार्यक्रम ल्याउनु पर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS