IME Life New

बलत्कार पीडितको उद्धारमा संलग्न संस्थालाई ओरिएण्टलको आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमक, दि ओरिएण्टल इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत १० लाख रूपैयाँ नगद आर्थिक सहयोग प्रदान गरेको छ । आफनै नातेदार तथा अन्य व्यक्तिबाट बलात्कृत महिला तथा बालबालिकाको उद्धार गृह, ललितपुरस्थित अन्तरदृष्टी नेपाललाई पीडितहरुको पालन पोषण तथा शिक्षाको लागि इन्स्योरेन्सले यो सहयोग राशी प्रदान गरेको हो ।

यस कम्पनीका नेपाल स्थित कार्यालयका प्रमुख कार्यकारी अधिकृत टी चक्रवर्तीले संस्थाका प्रतिनिधिलाइ सहयोग राशीको चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा चक्रवर्तीले पीडित महिला तथा बालबालिकारुको निःस्वार्थ रुपमा उद्धार तथा जीवनयापनमा सहयोग गर्दै आईरहेको सामाजिक संस्था अन्तरदृष्टी नेपालका सबै सदस्यलाई धन्यवाद ज्ञापन गरे।

Esewa
Crest

चेक हस्तान्तरण कार्यक्रमा इन्स्योरेन्सको उप प्रमुख कार्यकारी अधिकृत सिरिसा मारुजोला तथा प्रबन्धक सूर्य कृष्ण मानन्धरको समेत उपस्थिति थियो।

संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत इन्स्योरेन्सले गत असोज महिनामा भीषण बाढी पहिरोबाट पीडित परिवारको उद्धार र राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रूपैयाँ नगद राशी योगदान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS