IME Life New

पछिल्ला १० वर्षमा नेपाल टेलिकमको लाभांश सबैभन्दा कम,, किन घट्यो लाभांश क्षमता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल टेलिकमले विगत १० वर्षयताकै कम लाभांश वितरणको प्रस्ताव गरेको छ।

कम्पनीले गत आर्थिक वर्ष २०८०।८१ का लागि प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। यो लाभांश आर्थिक वर्ष २०७१।७२ यताकै सबैभन्दा कम हो।

Esewa
Crest

गत आर्थिक वर्षमा कम्पनीको आम्दानीसँगै नाफा पनि घट्दा लाभांश क्षमतामा कमी आएको देखिन्छ। गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले ६ अर्ब ६१ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। जुन अघिल्ला वर्ष २०७९।८० को तुलनामा १६.४४ प्रतिशतले कम हो।अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ७ अर्ब ९२ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

अर्कोतर्फ गत आर्थिक वर्षमा कम्पनीको आम्दानी पनि घटेको देखिन्छ। अघिल्लो वर्ष ३६ अर्ब २७ करोड १४ लाख रुपैयाँ आम्दानी गरेकोमा गत आर्थिक वर्षमा घटेर ३४ अर्ब ४६ करोड ११ लाख रुपैयाँमा सीमित बनेको थियो। पछिल्लो केही वर्षदेखि कम्पनीको आम्दानी र नाफामा लगातार गिरावट आइरहेको छ। यी कारणले पनि गत आर्थिक वर्षका लागि कम्पनीको लाभांश क्षमतामा कमी आएको हो।

पछिल्लो १० वर्षको अवधिमा कम्पनीले एकपटकमात्रै बोनस शेयर वितरण गरेको छ भने बाँकी ९ वर्ष नगद लाभांश दिएको छ। आर्थिक वर्ष २०७७।७८ मा कम्पनीले शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश गरी ४० प्रतिशत लाभांश वितरण गरेको थियो।

अघिल्ला आर्थिक वर्षहरु २०७९।८० र २०७८।७९ मा भने कम्पनीले प्रतिशेयर ४० रुपैयाँ नगद लाभांश वितरण गरेको थियो।

यसैगरी आर्थिक वर्ष २०७६।७७ मा पनि ४० रुपैयाँ प्रतिशेयर नगद लाभांश दिएको कम्पनीले आर्थिक वर्ष २०७५।७६ मा प्रतिशेयर ४५ रुपैयाँ नगद लाभांश वितरण गरेको थियो।

त्यस्तै आर्थिक वर्ष २०७४।७५ र २०७३।७४ मा कम्पनीले आफ्ना शेयरधनीहरुले प्रतिशेयर ५५ रुपैयाँ नगद लाभांश वितरण गरेको थियो। पछिल्लो १० वर्ष यी दुई आर्थिक वर्षमा कम्पनीले सर्वाधिक लाभांश दिएको देखिन्छ।

त्यस्तै आर्थिक वर्ष २०७२।७३ मा शेयरधनीहरुलाई प्रतिशेयर ५१ रुपैयाँ नगद लाभांश वितरण गरेकोमा कम्पनीले आर्थिक वर्ष २०७१।७२ मा प्रतिशेयर ५० रुपैयाँ नगद लाभांश वितरण गरेको देखिन्छ।

नेपाली बजारमा हाल ठूला दूरसञ्चार सेवा प्रदायकमा नेपाल टेलिकम र एनसेल रहेका छन्। हाल कम्पनीमा नेपाल सरकारको शेयर स्वामित्व ९१.५२ र सर्वसाधारणको ८.४८ प्रतिशत रहेको छ। एनसेल भने निजी कम्पनीका रुपमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS