IME Life New

उत्पादनमा निर्भर अर्थतन्त्र बनाउनुपर्छः अध्यक्ष अग्रवाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उत्पादनमा निर्भर अर्थतन्त्र बनाउनुपर्ने बताएका छन्।

बुधबार थापाथलीमा रहेको परिसंघको कार्यालयमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अध्यक्ष अग्रवालले अहिले नेपालको अर्थतन्त्र आयातमा निर्भर रहेकाले यसलाई उत्पादनमा निर्भर अर्थतन्त्र बनाउनु परिसंघको उद्देश्य रहेको बताए। चार वर्षको अथक प्रयासपछि मन्त्रिपरिषद्ले स्वदेशी वस्तुको उपयोग सम्बन्धी कार्यविधि पारित गरेको उनको भनाइ छ।

Esewa
Crest

मेक इन नेपालको उद्देश्य नेपालमा उत्पादन गरेर नेपाली वस्तुको उपयोग गर्ने रहेको अग्रवालले बताए। परिसंघले पूर्वधार सम्बन्धी गोष्ठि र महिलाहरुलाई सक्षम बनाउने खालका कार्यक्रम गरिरहेको र त्यसबाहेक सञ्चारकर्मीहरुसँग नयाँ कार्यक्रम सुरु गरेको उनले उल्लेख गरे। ‘कतिपय विषयहरु टेक्निकल हुन्छ। त्यसमा हाम्रो मिडियाको साथीहरुलाई थाहा नभएको र निजी क्षेत्रको कुराको पनि राम्रो ज्ञान होस् भनेर सञ्चारकर्मीहरुसँग नयाँ कार्यक्रम सुरु गरेको हो’, उनले भने, ‘यसको सन्र्दभमा हामीले आयकर ऐन २०५८ को दफा ५७ को बारेमा छलफल गरेका छौँ। जसले गर्दा विदेशी लगानी र स्वदेशी लगानीमा कहाँ समस्या आएको छ भनेर बहस गरेका थियौँ। यो गर्दा एक आपसमा छलफल हुन्छ भनेर नै छलफल गरेका हौँ। छलफलले परिसंघ र मिडियाको एक आपसमा राम्रो सम्बन्ध पनि हुन्छ।’

अग्रवालले हिजोमात्रै विद्युत प्राधिकरणले लोडसेडिङ गर्ने घोषण गरेको बताए। अघिल्लो वर्ष तामाकोशी चलेको थियो त्योेबला पनि उद्योग १२ घन्टासम्म लोडसेडिङमा नै रहेको उनले जानकारी दिए।

‘अघिल्लो वर्ष तामाकोशी चलेको थियो त्योेबला पनि उद्योग १२ घन्टा लोडसेडिङमा बसेको थियो। अहिले तामाकोशीको बाहानामा हुँदैन भन्ने कुरा कतिसम्म ठिक छ ? भन्ने छलफलको विषय हो’, उनले भने, ‘त्यो बेलापनि भारतबाट आयात गर्न सकिन्थ्यो तर आफूलाई नेट एक्स्पोर्टर देखाउनको लागि आयात नगरेको अवस्था थियो।’

‘जिरो रकमले नेट एक्स्र्पोटर देखाइएको थियो। अन्तिममा गएर त्यो बेला विद्युत प्राधिकरणको मातहतमा नेट एक्स्पोर्टर नभएर अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने थियो भन्ने कुरा पनि मुख्य हो’, अग्रवालले भने, ‘लोडसेडिङले उद्योगलाई आर्थिक रुपमा प्रभाव धेरै पर्छ। विद्युत भनेको उत्पादन क्षेत्रको कच्चा पदार्थ नै हो। तर, त्यसको उपलब्धता नहुँदा हामी आत्मनिर्भर अर्थतन्त्र, आयात प्रतिस्थापनको कुरा गर्ने सोचमा मात्रा रहन्छ जस्तो लाग्छ। किन भने विद्युतको उपलब्धता जस्तो सानो कुरा पनि नहुनु भनेको हाम्रा लागि दुर्भाग्य पनि हो।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS