IME Life New

यस्ता व्यक्ति शेयर बजारबाट टाढा रहेकै राम्रो, तपाइँमा पनि छन् कि त्यस्ता बानी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा लगानी गर्नु फाइदाजनक हुन सक्छ। तर, शेयर बजार जोकोहीलाई फाइदाजनक नहुन पनि सक्छ। वित्तीय जोखिम लिन नसक्ने र मानिसक तनाव बढी लिने मानिसहरु शेयर बजारबाट टाढा रहनु नै राम्रो हुन्छ।

कस्ता मानिस शेयर बजारमा प्रवेश गर्नुहुँदैन ?

Esewa
Crest

जोखिम लिनबाट डराउने

शेयर बजारमा उतारचढाव आउनु सामान्य नै हो। जो मानिस जोखिम लिन सक्दैनन्, उनीहरुका लागि शेयर बजार लगानीको उत्तम क्षेत्र होइन। किनकि बजारमा सानो–सानो गिरावट आउँदा पनि उनीहरु चिन्तामा पर्ने गर्छन्। अर्थात् थोरै नोक्सानी भएमा उनीहरु डराउँछन्।

वित्तीय अनुशासनको कमी

शेयर बजारमा सफल हुन उचित वित्तीय अनुशासन र योजना आवश्यक पर्छ। आफ्नो आम्दानी र खर्च उचित ढंगले व्यवस्थापन गर्न नसक्ने मानिसले शेयर बजारमा लगानी गर्दा ठूलो नोक्सानी व्यहोर्नुपर्ने अवस्था आउन सक्छ।

भावनात्मक लगानी

लगानीलाई लिएर अत्याधिक भावुक हुने मानिसले प्रायः गलत निर्णय लिन्छन्। शेयर बजार घट्दा डराएर बेच्ने र बढ्दा उत्साहित भएर किन्ने उनीहरुको प्रवृत्ति हुन्छ। यस्तो भावनात्मक प्रवृत्तिले उनीहरुको लगानी जोखिममा पर्न सक्छ। त्यसैले त्यस्ता मानिस शेयर बजारबाट टाढै रहेको राम्रो हुन्छ।

लगानीअघि जानकारी अभाव

बिना कुनै जानकारी वा समझदारी लगानी गर्नु जोखिमपूर्ण हुन सक्छ। लगानी गर्नुअघि सही जानकारी र ज्ञान हासिल गर्नुपर्छ। बिना अध्ययन र जानकारीले मानिसले गलत निर्णय लिन पुग्छन् अनि आर्थिक हानी व्यहोर्नुपर्ने अवस्था आउँछ। यसले मानिसको बीउपुँजी पनि डुबाउन सक्छ।

कम समयमै धेरै कमाउने इच्छा

कम समयमै धेरै पैसा कमाउने इच्छा बोकेका मानिसलाई पनि शेयर बजार उचित क्षेत्र होइन। किनकि तत्कालै पैसा आवश्यक परेको शेयर बजारमा गरिएको लगानीबाट झिक्न सम्भव नहुन सक्छ। किनकि शेयर बजारमा गरिएको लगानी कहिलेकहीँ लामो समयसम्मका होल्ड गर्नुपर्ने अवस्था आउन सक्छ।

त्यसैले यी सबै कुरा विचार गरेरमात्रै शेयर बजारमा लगानी गर्नु उपयुक्त हुन सक्छ। यदि यी कुरा कसैमा लागू हुन्छ भने शेयर बजारबाट टाढा बसेकै राम्रो हुन्छ। शेयर बजारमा लगानी गर्नुअघि उचित अध्ययनका साथै वित्तीय सल्लाहकारको मद्दत लिनुपर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS