IME Life New

जलवायु परिवर्तनको जोखिमसँगै पुनर्बीमकमाथि विश्व बीमा बजारको निर्भरता बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जलवायु परिवर्तनको बढ्दो जोखिमसँगै विश्व बीमा बजारमा बीमकको स्वधारण घट्दै गएको छ। इन्टरनेसनल एसोसिएसन अफ इन्स्योरेन्स सुपरभाइजर (आईएआईएस) का अनुसार विश्वव्यापी बीमा बजारमा बीमकले स्वधारण घटाउँदै पुनर्बीमाको हिस्सा बढाउन थालेका छन्।

आईएआईएसले डिसेम्बरको पहिलो साता जारी गरेको १२ औं ग्लोबल इन्स्योरेन्स मार्केट रिपोर्टमा २०२३ को अन्त्यसम्ममा विश्वव्यापी रुपमा कुल पुनर्बीमाशुल्क १२% बढेर ९०० अर्ब अमेरिकी डलर पुगेको जनाइएको छ।

Esewa
Crest

एसिया र ओसिनियामा सबैभन्दा कम (२०२३ मा खुद बीमाशुल्कको ४.१%) र अमेरिकामा उच्चतम स्तर (२०२३ मा खुद बीमाशुल्कको १७.५%) सँगसँगै पुनर्बीमा प्रयोग फरक–फरक भूगोलमा फरक–फरक पाइएको छ।

समग्रमा लगभग ३५% पुनर्बीमाशुल्क जीवन व्यवसायबाट प्राप्त हुने गरेको छ। बाँकी ६५% निर्जीवन र महाविपत्ति पुनर्बीमाबापत प्राप्त हुने गरेको छ। पुनर्बीमामा जीवन र निर्जीवन बीमा व्यवसायको हिस्सामा पनि क्षेत्रियरूपमा भिन्नता रहेको छ। युरोप र अफ्रिकामा बढी स्पष्ट हुन्छ (१७% जीवन, ८३% निर्जीवन), अमेरिकामा अधिक समान रुपमा वितरित (४९% जीवन, ५१% निर्जीवन) रहेको छ।

प्रतिवेदनमा उल्लेख भएअनुसार २०२३ मा सबै पुनर्बीमा कुल बीमाशुल्कको लगभग ३९% रेट्रोसेसनबाट प्राप्त भएको थियो।

समग्रस्तरमा पुनर्बीमकले कर्पोरेट ऋण (२४%) र इक्विटी (२५%) मा लगानी गर्छन्। ऋण, धितो र घर–जग्गामा सीमित लगानी गर्छन्। नाफाको सन्दर्भमा निर्जीवन पुनर्बीमा बजारको संयुक्त अनुपात २०२३ मा ९५% मा सुधार भयो। सन् २०२३ को अन्त्यमा पुनर्बीमकको सोल्भेन्सी स्थिति बलियो रह्यो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS