IME Life New

सगरमाथा लुम्बिनीले भित्र्यायो सर्वाधिक व्यापार, वृद्धिदरमा नेपाल इन्स्योरेन्स र ओरिएन्टल अगाडि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमक कम्पनीले चालु आर्थिक वर्षको कात्तिकसम्म १४ अर्ब रुपैयाँ बढीको व्यापार भित्र्याएका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमकले कात्तिकसम्म ८ लाख ९७ हजार २३५ वटा बीमालेख जारी गरेर १४ अर्ब ९ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क आजर्न गरेका हुन्। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीहरुले ६७ हजार ८८७ वटा बीमालेख बिक्री गरेर १२ अर्ब ७३ करोड ४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा कम्पनीहरुको व्यापार १०.७४ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म सबैभन्दा धेरै व्यापार गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ भने व्यापार वृद्धिदरका हिसाबले ओरिएन्टल र नेपाल इन्स्योरेन्स अगाडि रहेका छन्।

कात्तिकसम्म सगरमाथा लुम्बिनीले १ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १०.६८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ अर्ब ६० करोड ५३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

दोस्रो धेरै व्यापार भित्र्याउनेमा सिद्धार्थ प्रिमियर रहेको छ। यो कम्पनीले कात्तिकसम्म १ अर्ब ४६ करोड २६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १ अर्ब ३३ करोड ३८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार ९.६६ प्रतिशतले बढेको छ।

यसैगरी धेरै व्यापार गर्ने तेस्रो कम्पनीमा शिखर इन्स्योरेन्स रहेको छ। शिखरले कात्तिकसम्म १ अर्ब ४१ करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा १०.७३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १ अर्ब २७ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

कात्तिकसम्म नेको इन्स्योरेन्सले १ अर्ब १५ करोड २७ लाख रुपैयाँ, हिमालयन एभरेष्टले १ अर्ब १४ करोड ९८ लाख रुपैयाँ र आईजीआई प्रुडेन्सियलले १ अर्ब १३ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म नेकोले १ अर्ब ५ करोड ९४ लाख रुपैयाँ, हिमालयन एभरेष्टले १ अर्ब १३ करोड ३६ लाख रुपैयाँ र आईजीआई प्रुडेन्सियलले १ अर्ब ९ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा नेकोको व्यापार ८.८१ प्रतिशत, हिमालयन एभरेष्टको १.४३ प्रतिशत र आईजीआई प्रुडेन्सियलको ३.७६ प्रतिशतले बढेको छ।

त्यस्तै कात्तिसम्म एनएलजी इन्स्योरेन्सले ९४ करोड १९ लाख रुपैयाँ, ओरिएन्टले ९२ करोड ८६ लाख रुपैयाँ र युनाइटेड अजोडले ८४ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा एनएलजीको व्यापार १२.६४ प्रतिशत र ओरिएन्टलको ५७.४३ प्रतिशतले बढेको छ भने युनाइटेड अजोडको ३.२४ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनएलजीले ८३ करोड ६२ लाख रुपैया, ओरिएन्टलले ५८ करोड ९९ लाख रुपैयाँ र युनाइटेड अजोडले ८६ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए।

चालु आर्थिक वर्षको कात्तिकसम्म नेपाल इन्स्योरेन्सले ७८ करोड ६८ लाख रुपैयाँ, सानिमा जीआईसीले ७७ करोड ९३ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्स ६२ करोड ७५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म नेपाल इन्स्योरेन्सले ४९ करोड ६१ लाख रुपैयाँ, सानिमा जीआईसीले ७१ करोड ६७ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्स ७० करोड ६१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा नेपाल इन्स्योरेन्सको व्यापार ५८.५८ प्रतिशत र सानिमा जीआईसीको ८.७३ प्रतिशतले बढ्दा प्रभु इन्योरेन्सको ११.१३ प्रतिशतले घटेको छ।

यसैगरी समीक्षा अवधिसम्म राष्ट्रिय बीमा कम्पनीले ६१ करोड ४९ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्सले ४९ करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्ष यही अधिसम्म राष्ट्रिय बीमा कम्पनीले ५८ करोड ५५ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्सले ४३ करोड ७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा राष्ट्रिय बीमा कम्पनीको व्यापार ५.०३ प्रतिशत र नेसनल इन्स्योरेन्सको १३.५८ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS