IME Life New

‘भारतमा नियामकीय धक्का र प्रविधिको प्रयोगले सबैका लागि बीमाको लक्ष्य संभव’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय बीमा बजारमा नियामकीय प्रोत्साहन, ग्रामीण समाज केन्द्रित बीमकको प्रवेश र नविनत्तम डिजिटल प्रविधिको प्रयोगले बीमा बजार बिस्तारमा उल्लेख्य योगदान पुर्याउने देखिएको छ।

भारतीय बीमा नियामकले सन २०४७ सम्ममा सबै नागरिकका लागि बीमा भन्ने रणनीतिको कार्यान्वयन गर्ने दिशामा नियामकले थुप्रै नीतिगत परिवर्तन र सहजीकरण जारी राखेकाे छ। साथै केन्द्र सरकारले समेत बीमाको पहुँच बिस्तारका लागि वैदेशिक लगानी भित्र्याउन विशेष पहल गरिरहेको छ।

Esewa
Crest

“सबैका लागि बीमाः एक अर्ब भन्दा बढीको बीमाको संभावना” भारतीय उद्योग परिसंघ र भारतीय व्यवसायीक सेवा फर्म केपिएमजीद्वारा संयुक्तरूपमा जारी प्रतिवेदनमा प्रतिवेदनमा सबैका लागि बीमा लक्ष्य पुरा गर्नका लागि देखिएका चुनाैती र संभावनाका बारेमा लेखिएको छ।

प्रतिवेदनमा नियामकीय दबाब, केन्द्र सरकारको डिजिटल राजमार्ग अभियानले बीमाको पहुँच बिस्तार गर्न महत्वपूर्ण हुनेछ। यसबाहेक ग्रामीण क्षेत्र केन्द्रित व्यापारको इजाजत पाएका नयाँ बीमकको ग्रामीण क्षेत्रमा प्रवेशले कमजोर वर्गमा बीमा पुर्याउनेछ। यस्ता खेलाडीलाई वितरण सक्षमता, बीमालेखमा नयाँपन, खर्च र कमिशनको सीमामार्फत नियामकले सहयोग गर्नु महत्त्वपूर्ण हुनेछ। ग्रामीण क्षेत्रमा बीमा सेवा बिस्तारका लागि बीमक र तिनका वितरकको भौतिक उपस्थिति चाहिन्छ।

ग्रामीण क्षेत्रमा बीमाको बिस्तारका लागि जीवन र स्वास्थ्य बीमा दुबै समावेश भएको बीमालेखको बिक्रीलाई अघि सार्न प्रतिवेदनमा सुझाव दिइएको छ। सेवा मापदण्ड र डिजिटल सेवाको प्रवर्द्धनले बीमितलाई सहज सेवामा पहुँच गर्न महत्वपूर्ण हुनेछ।

दाबी भुक्तानीको छरितो फर्छ्याैटका लागि विशेषगरी स्वास्थ्य बीमाका लागि प्रचलनमा ल्याइएको राष्ट्रिय स्वास्थ्य दाबी विनिमयले दाबीलाई  सहजीकरण गर्नेछ।

डिजिटल, तथ्यांक र विश्लेषणले भरपर्दो र परिष्कृत अनुभव प्रदान गर्नका लागि तथ्यांकको गोपनीयता, तथ्यांक भण्डारण र सहमति संयन्त्रका पक्षहरू समावेश हुनेछन्। नियामकीय तहबाट दिइने दबाब, ग्रामीण समाज-केन्द्रित बीमकको आगमन, डिजिटल प्रविधिको प्रयोग र नवीनताले बीमा उद्योगलाई अघि बढाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS