IME Life New

बालबालिकाकै जोखिम बहन नगर्ने बालबालिकासम्बन्धी जीवन बीमा योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बालबालिका लक्षित गरेर नेपालको जीवन बीमा बजारमा प्रचलनमा ल्याइएको बीमा योजनाले बालबालिकासँग नै न्याय गर्न सकेको छैन। बाल जीवन बीमालेखमा दुर्घटनाबाट हुन सक्ने अपांगता वा घाइते अवस्थामा उपचारका लागि बालबालिकाको जोखिम नै समावेश गरिएको छैन।

नेपाल बीमा प्राधिकरणले तय गरिदिएको प्रावधानको सीमाभित्र रहेर जीवन बीमकले प्रचलनमा ल्याएका बाल बीमा योजना बालबालिकामा आइपर्ने भवितव्यभन्दा पनि उच्च शिक्षाका लागि आवश्यक पर्ने खर्चको जोहोमा मात्र सीमित छ।

Esewa
Crest

भवितव्य अनिश्चित हुन्छ, जुनसुकै बेला जो सुकैलाई पनि आइपर्न सक्छ। बीमा गरिएको कुनै बालबालिका खेल्ने, हिँड्ने, निदाउने क्रममा एक्कासि लडेर घाइते भइदिएको अवस्था वा शारीरिक अपांगता भएको अवस्थामा बालबालिकासम्बन्धी बीमालेख मौन बसिदिन्छ, बीमितको उपचारका लागि कुनै सुविधा उपलब्ध गराउँदैन।

बीमा नियामक नेपाल बीमा प्राधिकरणले जीवन बीमालेख निर्देशन, २०७९ को अनुसूची २ मा बालबालिकासम्बन्धी बीमालेखमा अनिवार्य समावेश गर्नुपर्ने सुविधा र सर्त निर्धारण गरिदिएको छ। अधिकांश बीमकले यही सुविधा र सर्तको दायराभित्रै रहने गरी बीमालेख तयार पारेर बिक्री गरिरहेका छन्, बीमालेखमा बालबालिकालाई पनि दुर्घटनाको कारणबाट केही हुनसक्छ भन्ने परिकल्पना नै गरिएको छैन। बीमित बच्चाको निधन हुन सक्ने परिकल्पनामात्र छ।

राजविराजकी ७ वर्षीया एक बालिका खेल्दाखेल्दै एकतल्ले घरको छतबाट सीधै तल सडकमा बजारिइन्। ती बालिकाको शरीरको अन्यभागमा सामान्य चोटपटक लागे पनि दाहिने हत्केला कामै नलाग्ने भयो। नाडीभन्दा तलको भाग सर्जरी गरेर फ्याँक्नुपर्ने भयो। सामान्य आर्थिक अवस्थाका अभिभावकलाई बच्चाको बीमा गरेका छौँ भन्ने हेक्का थियो। बीमाबाट पाइन्छ भन्ने आशामा उनीहरुले ऋणको जोहो गरेर उपचार गराए। अहिले ती बालिका स्वस्थ्य छिन् तर उनको दाहिने हत्केला छैन।

उपचार सकिएपछि ती बालिकाको अभिभावक दाबीका लागि जीवन बीमा कम्पनीको शाखामा पुगे। कागजपत्र देखाए र बच्चाको उपचार खर्चको रकम सोधभर्नाका लागि अनुरोध गरे। बीमकको कर्मचारीले उपचार खर्चको दाबी लाग्दैन भनेपछि ती अभिभावक आक्रोशित र निराश भए।

बालबालिकासम्बन्धी बीमालेखले परिकल्पना नगरेको तर बीमित बालबालिका र संरक्षक अभिभावक दुवै पीडित हुने यस्तो प्रकृतिका घटना कतिखेर भइदिन्छ भन्ने अनुमानभन्दा बाहिरको विषय हो।
केही जीवन बीमकले निर्जीवन बीमकसँगको साझेदारीमा स्वास्थ्य/दुर्घटना म्यादी बीमा बन्डलिङ(समावेश)गरेर बिक्री सुरु गरेका छन्। यो बन्डलिङ सुविधा जीवन बीमालेखमा निहीत सुविधा नभएर बीमकले जबरजस्ती बिक्री गरिरहेको ‘स्वेच्छिक सुविधा’ हो।

बीमा प्राधिकरणले जीवन र निर्जीवन बीमकबीच प्रडक्ट बन्डलिङ (दुई बीमकको बीमा योजना एकै साथ एउटै बीमितलाई बेच्ने) परिकल्पना गरेको छैन। यसमा अर्को समस्या के छ भने निर्जीवन बीमकले दिने बीमालेखको अवधि १ वर्षको मात्र हुन्छ। त्यसले अर्को वर्ष निरन्तरता पाउला नपाउला भन्ने सुनिश्चित हुँदैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

25%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

75%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS