GBIME
IME Life

समर्पण मूल्य बढेपछि अभिकर्ता कमिशन कटाैती गर्दै भारतीय जीवन बीमक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारी स्वामित्वको भारतीय जीवन बीमक एलआइसीले अभिकर्ताको कमिशन दर पुनरावलोकन नगर्दै निजी क्षेत्रका जीवन बीमकले पनि कमिशन दर कटाैतीको तयारी गरेका छन् ।

भारतीय अखबार बिजनेश स्टाण्डर्डको अनलाइन संस्करणका अनुसार निजी क्षेत्रका जीवन बीमकले १ अक्टुबर देखि लागू भएको समर्पण मूल्य सम्बन्धि नयाँ प्रावधानलाई ध्यानमा राख्दै सबै खाले अभिकर्ता र वितरकको कमिशन कटाैतीको तयारी गरेका हुन् ।

SKYWELL
Crest

निजी क्षेत्रका जीवन बीमकहरूले नयाँ कमिशन दरमा एकरूपता ल्याउन र अभिकर्ता संघको संभावित विरोधको सामूहिकरूपमा सामना गर्नका लागि सहमति गर्दैछन् । उनीहरूले जीवन बीमा परिषदको बैठक डाँकेर यसबारे निर्णय लिने तयारी गरेका हुन् ।

प्रस्तावित विकल्पहरूमा वितरित कमिशन फिर्ता असुल्ने, कमिशन वितरण दरलाइ टुक्रयाउने र कटाैती गर्ने छन् । सबै जीवन बीमकको अभिकर्ता र वितरकले प्राप्त गर्ने कमिशन दरमा एकरूपमा ल्याउनका लागि निजी क्षेत्रका जीवन बीमकले यसरी सामूहिकरूपमा निर्णय गर्न लागेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

कमिशन वापतको रकम फिर्ता असुली गर्ने प्रावधान लागू गरेर जीवन बीमकले जीवन बीमाको गलत बिक्रीलाइ अंकुश लगाउन र बीमितलाइ पूर्ण जानकारी दिएर मात्र बीमालेख बिक्री गरिएको सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरेका छन् ।

भारतको सबैभन्दा ठूलो जीवन बीमक एलआइसीले पहिलो वर्षको कमिशन दरलाई २५ बाट २० प्रतिशत र बोनश दरलाई १० बाट ८ प्रतिशतमा झारेको छ।

भारतीय बीमा नियामकले बीमितको हितलाई ध्यानमा राख्दै विशेष समर्पण मूल्य सम्बन्धि प्रावधान लागू गरेको छ। अक्टुबर १ तारेखदेखि लागू गरिएको प्रावधान अनुसार पहिलो वर्षको बीमा किस्ता भुक्तानी गरेको भएपनि बीमितले समर्पण मूल्य दाबी गर्न पाउनेछन्।

नेपालमा बीमितले कम्तीमा ३ वर्षसम्मको बीमा किस्ता भुक्तानी नगरेसम्म सावधिक जीवन बीमालेखमा कुनै पनि समर्पण मूल्य दाबी गर्न सक्दैनन् ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS