IME Life New

नेपालपछि पाकिस्तानमा पनि बीमा कम्पनीको पुँजी वृद्धिको प्रस्ताव

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । पाकिस्तानको बीमा नियामक निकायले बीमकका लागि आवश्यक न्यूनतम चुक्तापुँजीमा वृद्धि गर्ने प्रस्ताव गरेको छ। यस प्रस्तावअनुसार बीमकले सन् २०२८ सम्ममा आफ्नो न्यूनतम चुक्तापुँजीलाई उल्लेखनीय रुपमा वृद्धि गर्नुपर्नेछ।

पाकिस्तानको बीमा विकास प्राधिकरणले यो कदम बीमा उद्योगलाई सुदृढ बनाउन र जोखिम व्यवस्थापनमा सुधार गर्नका लागि लिइएको बताएको छ।स्थानीय अखबार द डानको अनलाइन संस्करणअनुसार प्रस्तावित नियममा नयाँ जीवन बीमकको इजाजतका लागि न्यूनतम पुँजी ७० करोड पाकिस्तानी रुपैयाँबाट ३ अर्ब तोकिएको छ। यसैगरी निर्जीवन बीमकको हकमा चुक्तापुँजी ५० करोडबाट २ अर्ब रुपैयाँ तोकिएको छ।

Crest

यसैगरी इजाजतप्राप्त जीवन बीमकको हकमा सन् २०२५ मा १ अर्ब, २०२६ मा १.५ अर्ब, २०२७ मा २ अर्ब र २०२८ मा ३ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्ने समय सीमा निर्धारण गरिएको छ । यसबाहेक पुराना निर्जीवन बीमकको हकमा पनि क्रमशः ८० करोड, १ अर्ब १० करोड, १ अर्ब ४० करोड र २ अर्ब रुपैयाँ न्यूनतम चुक्तापुँजी कायम गर्नुपर्ने सर्त राखिएको छ।

लघु बीमकको हकमा पनि न्यूनतम चुक्तापुँजीको सीमा कायम गरिएको छ। लघु जीवन बीमकको १५ करोड, लघु निर्जीवन बीमकको ८ करोड, डिजिटल जीवन बीमकको २५ करोड र डिजिटल निर्जीवन बीमकको १० करोड रुपैयाँ न्यूनतम चुक्तापुँजी कायम गरिएको छ।

चुक्तापुँजी वृद्धिले बीमकमा पुँजीको स्थायीत्व बढाउने र बीमितको हित संरक्षणमा सुरक्षामा वृद्धि गर्ने अपेक्षा गरिएको छ। नियामक निकायले यो प्रस्तावलाई बीमा क्षेत्रको दीर्घकालीन वृद्धि र प्रतिस्पर्धात्मकता सुनिश्चित गर्नका लागि आवश्यक बताएको छ।

विश्लेषकहरुले यस निर्णयलाई सकारात्मक रुपमा लिएका छन् । यो निर्णयले बीमकमा वित्तीय दबाब पार्ने सम्भावना पनि रहेको बताएका छन्। यसले नयाँ बीमकको प्रवेशमा चुनौती थप्न सक्छ र बीमा क्षेत्रमा प्रतिस्पर्धालाई सीमित गर्न सक्छ।

नेपालमा पनि जीवन बीमकको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड बाट ५ अर्ब र निर्जीवन बीमकको १ अर्ब २५ करोडबाट २ अर्ब ५० करोड रुपैयाँ कायम गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS