IME Life New

विश्वव्यापी रुपमा पुनर्बीमा कम्पनीको कुल पुँजी ७६६ अर्ब डलर नाघ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गल्लाघेर पुनर्बीमा बजार रिपोर्टले विश्वव्यापी पुनर्बीमा उद्योगको सकारात्मक अवस्थालाई उजागर गरेको छ। यसले सन् २०२४ को पहिलो अर्धवार्षिक अवधिमा विश्वव्यापी रुपमा पुनर्बीमा कम्पनीले उल्लेखनीय लाभप्रदता र पुँजी निर्माण गरेको देखाएको छ।

विश्वव्यापी पुनर्बीमा बजारको सकारात्मक तथ्यहरु उजागर गर्दै गरिएको अध्ययनअनुसार पुनर्बीमा कम्पनीको चुक्तापुँजीमा उल्लेखनीय वृद्धि भएको छ। सन् २०२४ को पहिलो ६ महिनामा पुनर्बीमा कम्पनीहरुको कुल पुँजी ७६६ अर्ब अमेरिकी डलर पुगेको छ। यो पुँजीकृत रकम सन् २०२३ को तुलनामा ५.४ प्रतिशत बढी हो।

Esewa
Crest

यस अवधिमा नेपाली पुनर्बीमक हिमालयन रिइन्स्योरेन्सले पनि सर्वसाधारणमा प्रिमियम मूल्यमा प्राथमिक शेयर निष्कासन र बोनश शेयर वितरणमार्फत चुक्तापुँजी ७ अर्बबाट १० अर्ब ४० करोड रुपैयाँ पुर्याएको छ। यसैगरी सरकारी स्वामित्वको पुनर्बीमक नेपाल पुनर्बीमा कम्पनीको चुक्तापुँजी पनि यो अवधिमा १२ अर्ब ८१ करोड ३५ लाख ४३ हजार रुपैयाँबाट १३ अर्ब ४२ करोड २१ लाख ८६ हजार रुपैयाँ पुगेको छ। नेपाल पुनर्बीमाले आव २०७९।८० का लागि ४.७५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

यसले पुनर्बीमा बजारको बलियो अवस्थालाई संकेत गर्दछ। बलियो पुँजीकरणले पुनर्बीमा कम्पनीहरुलाई भविष्यका चुनौतीहरु सामना गर्न र आफ्ना ग्राहकलाई थप सुरक्षा प्रदान गर्न सक्षम बनाउँछ।

अध्ययनले पुनर्बीमा कम्पनीहरुले अन्डरराइटिङ नाफामा पनि सुधार गरेको देखाएको छ। यसले उद्योगको समग्र वित्तीय स्वास्थ्यलाई थप बलियो बनाउँछ। पुनर्बीमा कम्पनीहरुले अन्डरराइटिङ लाभप्रदतामा १० प्रतिशतको वृद्धि हासिल गरेका छन्, जुन सन् २०२३ को पहिलो अर्धवार्षिक अवधिको तुलनामा उल्लेख्य सुधार हो। यसैगरी विश्वव्यापी पुनर्बीमा उद्योगको पुँजीमा औसत प्रतिफल १५ प्रतिशतबाट बढेर २० प्रतिशत भएको छ।

हालको सकारात्मक अवस्थाको बाबजुद पुनर्बीमा उद्योगले भविष्यका चुनौतीहरु सामना गर्न तयार रहन आवश्यक छ। यसमा जलवायु परिवर्तन, साइबर जोखिम र अन्य जोखिम समावेश छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS