IME Life
GBIME

बाढीपहिरोको बीमा दाबीकै कारण लाभांश रोक्नुपर्ने अवस्था आउँदैनः सुद्युम्न उपाध्याय

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सका सीईओ हुन्, सुद्युम्नप्रसाद उपाध्याय। उनी ३ दशकदेखि नेपालको बीमा क्षेत्रमा सक्रिय रहेका छन्। साबिक प्रिमियर उपाध्यायले दुई कार्यकाल अर्थात ८ वर्ष सीईओको जिम्मेवारी सम्हालेका थिए। त्यसपछि उनी साबिक सानिमा जनरल इन्स्योरेन्सको सीईओ भएका थिए। सानिमा र जीआईसी इन्स्योरेन्सबीच मर्जरपछि बनेको सानिमा जीआईसीको सीईओको जिम्मेवारी पनि उपाध्यायले नै पाएका हुन्। उनै सीईओ उपाध्यायसँग इन्स्योरेन्स टकमा गरिएको कुराकानीको सारसंक्षेपः

तपाइँहरु व्यक्ति र सम्पत्ति दुवैको वित्तीय जोखिम बोक्नुहुन्छ। जहाँ जोखिम हुन्छ त्यहाँ अवसर देख्नुहुन्छ। अवसर देख्नुहुन्छ। बाढी आयो, तपाइँहरुका लागि दाबी तिर्नुपर्छ भन्ने विषयलाई छोड्ने हो भने अब बजारको साइज बढ्छ भन्ने एउटा अपर्च्युनिटी पनि क्रिएट भयो होला है ?

Crest

बजारको अपर्च्युनिटी क्रिएट भयो भएन भनेर सोच्ने बेला होइन कि अहिले त हामीले अहिले भइरहेको घाटालाई सकेसम्म छिटो सेटलमेन्ट गर्नुपर्छ भन्ने हो। क्राइसिसको बेलामा अवसर देख्ने होइन सेवा दिने हो। अवसर त अरुबेला भइहाल्छ।

छिमेकमा एकजनाले इन्स्योरेन्स पोलिसी खरिद गर्नुभएको थियो। तपाइँहरुलाई जोखिम दिनुभएको थियो। उहाँले पैसा लिनुहुन्छ। व्यापार फेरि पहिला जस्तै चलाउनुहुन्छ। छिमेकमा रहेको अर्कोले इन्स्योरेन्स नगर्दा घाटा व्यहोर्नुहुन्छ। भनेपछि तपाइँहरुका लागि यतापट्टि मैले पनि गर्नुपर्छ भन्ने पनि आउँछ ?

आउँछ, नआउने भन्ने होइन आउँछ। तर, हामी बीमकका रुपमा त्यो हिसाबले सोच्दैनौँ। हामीले जसरी हुन्छ सर्भिस दिने आजको दिनमा विपत पर्दा भन्ने सोच्ने हो। किनकि बीमा भनेको जुन दिन बेलामा अप्ठ्यारो पर्छ, त्यसबेलाका लागि भन्ने हो।

तर, अलि–अलि त सेल्सका लागि पनि गर्नुपर्ला। त्यो समाज जहाँ तपाइँहरुका लागि व्यावसाय क्रिएट हुन सक्थ्यो, जसले इन्स्योरेन्स गरे उनीहरु थप सुरक्षित भए। बाढीपहिरोका बाबजुद बाँकी रहेकाहरुलाई मोटिभेट गर्ने काम त्यस रहने भयो नि।

मोटिभेट तथा लिट्रेट गर्ने भन्ने कुरा चाहिँ कस्तो हुन्छ भने समाजमा आफैँ नै अवेयरनेस आउँछ। तर, त्यो अवेयरनेस आउनु भन्ने कुरा राम्रो होइन किनभने यस्तो कुरा पहिला नै हुनुपर्छ। समस्यामा परेको बेलामा एउटाले क्षतिपूर्ति पायो अर्कोले पाएन भनेर खुसी भएर हामीले अपर्च्युनिटी खोज्नुभन्दा पनि पेनिट्रेसन बढ्दै गएर यस्तो अवस्थामा दुःखी हुने मान्छे कम हुन्थे सुखी हुने मान्छे बढी हुन्थे भन्ने हाम्रो अपेक्षा हो।

हामीले भूकम्पलाई भूकम्प पछाडि त्यतिबेला सञ्चालनमा रहेका बीमा कम्पनीहरुले जसरी दाबी फर्छयौट गरे। त्यसले एउटा अवसर सिर्जना गरेको थियो। यसलाई पनि एउटा नयाँ बजार सिर्जना हुन्छ भन्ने हिसाबले लिन सकिने भयो, होइन त ?

त्यो त लिन सकिने भयो किनभने जुन कम्पनीले सर्भिसको क्वालिटी हुने भनेको पोलिसी बेच्ने बेलामा मात्रै होइन नि त। अहिले चाहिँ कम्पनीले परेको बेलामा कति छिटो–छरितो भुक्तानी गर्छ, कुन प्राथमिकताका आधारमा ग्राहकलाई सेवा दिन्छ भन्ने कुराले नै कम्पनीको भविष्य निर्धारण हुने हो। जुन कम्पनीले राम्रो गर्न सक्छ, त्यो कम्पनी अगाडि जान्छ। जुन कम्पनीले राम्रो गर्न सक्दैन, त्यो पछाडि बस्छ। त्यो त एकदमै प्राकृतिक नियम नै भनौँ न।

अहिले अलि बढी क्षति चाहिँ सहर, विशेषगरी अझ काठमाडौं उपत्यकानजिक खोला किनारतिर अलि बढी देखियो। यसले तपाइँहरुको व्यवसायमा, तपाइँहरुको दाबीमा, दाबी भुक्तानीमा कस्तो असर गर्छ ? जस्तो हामीले एरिया छुट्याएका हुन्छौँ नि यहाँ चाहिँ अलि बढी जोखिम हुन्छ, प्रिमियम अलि बढी लियौँ। अलि कम जोखिम हुन्ने ठाउँमा अलिकति कम्प्रोमाइज गर्न नि सकिन्छ भन्ने छ नि। यसरी हेर्दा चाहिँ के देखिन्छ।

अहिले जुन क्षति भएको छ, एकदमै अस्वभाविक क्षति हो। खोला किनारभन्दा पनि भनिए पनि केही खोलाको किनारमा एकदमै क्षति भएको छ। त्यसबाहेक अन्त पनि त क्षति भएको छ नि। त्यसकारणले यी क्षेत्रमा भएका औद्योगिक वस्तुभन्दा पनि उपभोग्य वस्तुहरुको बढी क्षति हुन पुग्यो। त्यो त्यो क्षति वा घाटा कस्तो हुन्छ के हुन्छ भन्ने अझ पनि भन्न सक्ने अवस्था छैन। किनभने पानीले डुबायो त्यसपछि ती वस्तुहरुको मौज्दात त अझै बाँकी छ। कति प्रयोग गर्न मिल्ने वा कति नमिल्ने भन्ने अझै पनि अनुमान गर्न सकिएको छैन। घरमा क्षति हुँदा घरको यतिसम्म क्षति छ भन्न सकिन्थ्यो। तर, स्टकमा क्षति हुँदा कतिमा क्षति भयो भन्ने यसै भन्न सकिँदैन।

सरकारले त पूर्वानुमान सार्वजनिक गर्यो। देशभरमा १७ अर्ब बराबरको क्षति भएको छ भनेको छ। तपाइँहरु इन्स्योरेन्स कम्पनीहरुले आफ्नो व्यापारको साइजअनुसार मोटामोटी यति क्षति भएछ भनेर आँकलन गरेको अवस्था छ ?

अहिले निकाल्न सकिँदैन। अहिले चाहिँ हामीले पनि वर्कआउट गरिरहेका छौँ। अहिले निकाल्न सक्ने अवस्था छैन। केही दिनभित्रै अनुमानको अवस्था आउन सक्छ किनकि हामीले पनि विभिन्न माध्यमबाट यसको अध्ययन गर्न लागिरहेका छौँ।

इन्डिभिजुअल्ली त केही फिगर आयो होला नि त कम्पनीको ?

कम्पनीको ब्यालेन्ससिटलाई एकदमै हिट गर्ने गरेर त्यो लेभलको दायित्व आउँदैन भन्ने कुरामा चाहिँ म विश्वस्त छु। मेरो कम्पनीको केसमा। तर, क्षति त छँदैछ।

अहिले जे–जति क्षति भयो त्यो इन्स्योरेन्सको राडारमा जति आइपुग्थ्यो, त्यसले तपाइँको कम्पनीलाई वा इन्डस्ट्री एभरेजमा यसको खासै ठूलो क्षति छैन भन्ने हो ?

धान्न नसक्ने क्षति होइन धान्न सक्ने नै क्षति छ। क्षति ५–६ अर्बभन्दा माथि बढी नै भएको अनुमान गर्न सकिन्छ।

तपाइँहरुको व्यापारको ठूलो हिस्सा जोडिएको ठाउँ जोडिएको ठाउँमा यसपालि हिट गर्यो है, जस्तो थुप्रै हाइड्रोपावरमा क्षति भयो।

हाइड्रोपावर चाहिँ तुलनात्मक रुपमा अलिकति कम क्षति भएको हो यो वर्ष। यो वर्ष क्षति भनेको काठमाडौंमा भएको मौज्दातहरुमा हो।

कति प्रतिशत ओगट्छ यो एरियाले तपाइँहरुको व्यवसायमा ?

मुख्यगरी बागमती खोला करिडोर र हनुमन्ते खोला करिडोरमा बढी क्षति भयो। यसले कति ओगट्छ भनेर चाहिँ हामीले राखेका हुँदैनौँ। बरु बागमती प्रदेशको अथवा विभिन्न प्रदेशको राखेका हुन्छौँ। हामीले जिल्ला, उपत्यका, प्रदेश र संघको पनि तथ्यांक राख्ने गरेका छौँ। त्यसकारण ठ्याक्कै यति छ भन्न गाह्रो हुन्छ।

४–५ अर्ब कम्पनीहरुले क्षतिबापत नागरिकलाई तिर्नुपर्ने भयो भने लाभांश चाहिँ दिन्छन् कि दिँदैनन् भन्ने पनि प्रश्न आउँछ ?

त्यस्तो हुँदैन किनभने यसैका लागि अर्थात् आपतकै लागि त भनेर हामीले पुनर्बीमा गरेका हुन्छौँ। पुनर्बीमाको सुरक्षाभन्दा माथि गएर अहिले क्षति भएको जस्तो मलाई लाग्दैन। त्यसकारण लाभांशै रोक्नुपर्ने अवस्था आउँछ जस्तो लाग्दैन। नत्र त पुनर्बीमा नै किन गर्नुपर्यो र जरुरी नै भएन नि त्यसको। यस्तै अवस्थाका लागि त पुनर्बीमा गर्ने हो नि। मेरै कम्पनीको कुरा गरौँ, २ अर्ब रुपैयाँ बीमाशुल्कको संकलन गर्छ भने सामान्य अवस्थामा पनि १ देखि डेढ अर्बको भुक्तानी गर्छ। त्यो हिसाबले हेर्ने हो भने त पुनर्बीमा नै गर्नुपर्ने त थिएन नि। त्यसकारण त्यस्तो होइन।

त्यसकारण आजको दिनमा इन्स्योरेन्स कम्पनी सतप्रतिशत सुरक्षित छन्। कम्पनीको ब्यालेन्ससिटमा असर गर्ने गरेर दायित्व बढ्छ जस्तो मलाई लाग्दैन।

तपाइँहरुले झट्ट हेर्दा चाहिँ यो चाहिँ कम जोखिम भएको क्षेत्र हो भनेर झ्यापझ्याप बीमा गराएको अनि अहिले त्यसले असर गर्छ कि भन्ने त छैन ?

त्यस्तो छैन। त्यस्तो हुँदैन। किनकि यो औद्योगिक क्षेत्र पनि होइन उपभोग्य वस्तु बढी खपत हुने क्षेत्र हो। सबैभन्दा बढी अहिले क्षति भएको नै यही हो। त्यसकारण यहाँ स्टेट फरवार्ड हुन्छ। कुनै रेट कटिङ पनि हुँदैन, अन्डरराइटिङ पनि हुँदैन।

यो सबैभन्दा कम जोखिम भएको क्षेत्र मान्दै गर्दा बाढी पहिरोले झन् धेरै असर गरेको अवस्था छ। यसबाट बीमा कम्पनीहरुले के सिके ?

कम जोखिम छ भनेर हामीले यो ठाउँलाई सोचेको चाहिँ थिएनौँ र होइन। यो एरिया यो क्षेत्रमा पनि कम्पनीले यति रेट लगाउने भनेर प्राइसिङ गर्दैन, गरेको छैन। म चाहिँ काठमाडौंकै स्थानीय बासिन्दा भएका कारणले गर्दा अहिलेको जस्तो बाढी मैले पहिला पनि देखेको छु। हामी बच्चा बेलामा हुँदा नै काठमाडौंमा बाढी आउँदा झन्डै–झन्डै बागमती को करिडोरमा धेरै नै बढ्थ्यो खोला बर्खा समयमा। जुन चाहिँ पार गर्न सक्ने अवस्था हुँदैन। विस्तारै विस्तारै सहरीकरणले गर्दा त्यो खोलाहरु साँघुरिँदै गएका थिए। अहिले खोलामा जुन बाढी आएको छ, त्यो बाढी हामीले विगतमा काठमाडौंमा त्यति विकास नभएको अवस्थामा देखिएको बाढी हो। हाम्रा लागि त्यस्तो अपत्यारिलो जस्तो चाहिँ लागेन। तर, हामी स्थानीय बासिन्दालाई चाहिँ पहिलेदेखि नै के भने यो ठाउँमा बाढी जान्छ समस्या पर्छ भन्ने थाहा हुन्छ।

अब त यसो पनि होला नि त, जस्तो कि कुन वस्तुको स्टोर कहाँ गरिएको छ भन्ने आधारमा त्यहाँ कति जोखिम छ र कति पैसा असुल्ने भने पनि अलि–अलि ज्ञान पाइयो होला ?

त्यतिको त होइन। त्यसरी प्राइसिङ अहिलेसम्म गरिएको छैन। कसैले पनि त्यस्तो मनसायले प्राइसिङ गरेको छैन। अहिले ग्लोबल वार्मिङले गर्दा वर्षा हुने अवस्था बदलिएको छ। त्यसकारण हामीले यस कुरामा अब चाहिँ अत्यन्तै सजग हुनुपर्ने जरुरी छ। काठमाडौंमात्र होइन सजग हरेक ठाउँमा हुनुपर्छ।

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS