IME Life New

जीवन बीमकमार्फत बीमा बजारमा एक वर्षमा थपिए ९० हजार अभिकर्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीले एक वर्षको अवधिमा अनलाइन परीक्षामार्फत झन्डै ९० हजारजनालाई अभिकर्ता इजाजतपत्र दिलाएका छन्। गत आर्थिक वर्ष २०८०।८१ मा जीवन बीमकले अनलाइन परीक्षामा सहभागी गराएर ८९ हजार ९०६ अभिकर्ता उत्पादन गरेका हुन्।

नेपाल बीमा प्राधिकरणका अनुसार नेपाल लाइफले सर्वाधिक १७ हजार ३९९ नयाँ अभिकर्ता उत्पादन गरेको छ। यसैगरी हिमालयन लाइफले ९ हजार ६७० अभिकर्ता उत्पादन गर्दा नयाँ अभिकर्ता उत्पादन संख्यामा तेस्रो स्थानमा रहेको नेसनल लाइफले ९ हजार १४३ नयाँ अभिकर्ता उत्पादन गरेको छ।

Esewa
Crest

२०८० कात्तिक १७ गतेदेखि नेपाल बीमा प्राधिकरणले अनलाइन परीक्षाको प्रावधान कार्यान्वयनमा ल्याएको हो। सूर्यज्योति लाइफले ८ हजार ६८२, सिटिजन लाइफले ८ हजार १११ र एसियन लाइफले ७ हजार २११ नयाँ अभिकर्ता थपेका छन्।

प्राधिकरणका अनुसार आइएमई लाइफले ५ हजार ६६३, रिलायबल नेपाल लाइफले ५ हजार ४९३, सानिमा रिलायन्स लाइफले ४ हजार ७७५, एलआईसी नेपालले ३ हजार ६०१, सन नेपाल लाइफले ३ हजार ३९२ अभिकर्ता र मेट लाइफले १ हजार ७७७ अभिकर्ता उत्पादन गरेका छन्।

निर्जीवन बीमकको तुलनामा जीवन बीमकको अभिकर्ता उत्पादन संख्या उल्लेख छ। निर्जीवन बीमकले गत आर्थिक वर्षमा जम्मा १ हजार ४७ नयाँ अभिकर्ता उत्पादन गरेका छन्। निर्जीवन बीमा विशेषगरी संस्थागत ग्राहक र मोटर बीमा केन्द्रित हुने भएकाले यो व्यवसायमा अभिकर्ताको संख्या जीवन बीमा व्यवसायको तुलनामा निक्कै कम हुने गरेको छ।

अभिकर्ता इजाजतपत्रका लागि अनलाइन परीक्षाको प्रावधान लागू भएपछि जथाभावी अभिकर्ता इजाजतपत्र वितरणमा अंकुश लागेको छ। प्राधिकरणले परीक्षा लिने प्रावधान लागू हुनुअघि बीमकले नै चार दिने तालिममा सहभागी गराएर इजाजतपत्र वितरण गर्दै आएका थिए।

अभिकर्ता तालिम निर्देशिकामा ४ दिनको तालिम अनिवार्य गरिएको भए पनि नियमन नहुँदा तालिममा सहभागी नै नभएकालाई समेत बीमकले इजाजतपत्र दिलाउने प्रवृत्ति थियो। यस्तो प्रवृत्तिले पेसामा विकृति ल्याएको भन्दै प्राधिकरणले केन्द्रिकृत रुपमा देशैभर एकसाथ अनलाइन माध्यमबाट अभिकर्ता इजाजतपत्रका लागि परीक्षा सञ्चालन गरिरहेको छ। परीक्षामा सहभागी हुनुअघि बीमकले सञ्चालन गर्ने बीमा सम्बन्धित आधारभूत तालिममा अनिवार्य सहभागी हुनुपर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS