IME Life New

त्रैमासको अन्त्यमा बीमा सेवा ठप्प पार्न दिएको निर्देशनले थप्ने भयो अर्को जटिलता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्रत्येक त्रैमासको अन्तिम महिनामा २८ गते पछि बीमालेख जारी नगर्न दिएको निर्देशनले अर्को वित्तीय समस्या निम्त्याउने भएको छ। चालू आर्थिक वर्ष २०८१।८२ का लागि बीमकले १८ प्रतिशतको खर्च सीमाभित्र रहेर लागू गरेको अभिकर्ता प्रोत्साहन योजनाको गणनामै गडबडी हुने भएको हो।

प्राधिकरणले त्रैमासिक कारोबारको वास्तविक समयमा तथ्याङ्क प्राप्तीका लागि २८ गतेपछि कुनै पनि बीमालेख जारी नगर्न निर्देशन दिएको छ। २८ गतेपछि प्राप्त हुने बीमालेख प्रस्तावलाई आगामी महिनामा मात्र जारी गर्न र अभिकर्ताको कमिशन तथा प्रोत्साहनवापतको खर्च पनि आगामी महिनामा मात्र गणना गर्न निर्देशन दिएको छ।

Esewa
Crest

चालू आवको अन्त्य २०८२ को असार ३१ गते हुनेछ। प्राधिकरणको निर्देशन शिरोधार्य गर्नुपर्ने भयो भने बीमकले २९, ३० र ३१ समेत गरी कुल तीन दिनसम्म बीमालेखको प्रस्ताव फारममा प्रस्तावले लेखेका विवरण हेर्ने र पढ्ने बाहेकको काम गर्न पाउने छैनन् । २०८२ साउन १ गतेदेखि मात्र ती प्रस्तावको जोखिमाङ्कनको आधारमा बीमालेख जारी गर्न पाउनेछन् । यहाँसम्म त ठीकै प्रतीत हुन्छ। यहाँ बेठीक चाहिँ के हुनेछ भने आव २०८१।८२ को अभिकर्ता इन्सेन्टिभ(प्रोत्साहन) खर्चको गणना गरेर अभिकर्ताका लागि प्रवर्द्धनात्मक प्रोत्साहन योजना लागू गरेका बीमकले यस्तो खर्च रकम आगामी आव २०८२।८३ मा कसरी लेखाङ्कन गर्ने ?

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन

अन्तर्राष्ट्रिय अभ्यासको उदाहरण दिएको नियामकलाई अगुवा बीमा अभिकर्ताले नियामकको नैतिकता सम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास समेत मनन गर्न सुझाव दिएका छन् । अभिकर्तालाई असुविधा हुने नियम ल्याउँदा अन्तर्राष्ट्रिय अभ्यास ?, ति अगुवा अभिकर्ताले आक्रोशित शैलीमा प्रश्न गर्दै भने, स्वार्थ बाझिने काममा नियामकीय पावरको दुरूपयोग गर्नु अघि पनि अन्तर्राष्ट्रिय अभ्यासबारे मनन गरिदिए राम्रो हुनेछ।

बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू अभिकर्ता इन्सेन्टिभ योजनाहरू कुनै महिना भित्रै पार्ने वा महिना नघाएर पार्ने भन्ने नियामकको चासोको विषय नभएको बताउँछन् । नियामकले तोकेको खर्चको सीमाभित्र रहेर जति सुकै अवधिको स्किम ल्याए पनि नियामकले टाउको दुखाउने होइन, एक कार्यकारी अधिकृतले भने, सीमा नाघ्यो भने मात्र नियामकले कडाइ गर्ने हो।

अर्का एक प्रमुख कार्यकारीले असार मसान्त भन्दा अघिको सबै महिनामा मसान्तको अघिल्लो दिनसम्ममात्र मासिक इन्सेन्टिभ गणना गर्ने प्रावधान लागू गर्न सकिए पनि बीमा प्रस्ताव नै अण्डरराइटिङ नगर्न चाहिँ अव्यवहारिक हुने प्रतिकृया दिए ।

जीवन बीमा कम्पनीले प्रथम बीमाशुल्क आम्दानीवापतको रकममध्ये १८ प्रतिशत रकम अभिकर्ताको प्रोत्साहनवापत खर्च गर्न पाउने प्रावधान छ। यो प्रोत्साहनवापतको रकम नियमित अभिकर्ता कमिशन बाहेकको रकम हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS