IME Life New

स्याउको मौसम सूचकाङ्क बीमा शुरु गरेसँगै शिखर इन्स्योरेन्सको शाखा जोमसोममा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर, काठमाडौं, वैशाख २३ । शिखर इन्स्योरेन्सले हिमाल पारीको जिल्ला जोमसोममा शाखा विस्तार गरेको छ ।

स्याउ खेतीका किसानहरुले समयमा बर्षात नहुँदा फूल कम लाग्ने र स्याउको उत्पादन कम हुने समस्या व्यहोरिरहेका छन् । साथै असिनाको कारणले पनि स्याउ उत्पादन कम हुने र कम गुणस्तरको स्याउ फल्ने समस्याबाट ग्रसित छन । सोही कुरालाई मध्येनजर गर्दै शिखर इन्स्योरेन्स कम्पनीले सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहयोगमा मुस्ताङ मौसम सूचकाङ्कलाई आधार मानी शाखा विस्तार गरेको हो ।

Esewa
Crest

बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाईं, बीमा समितिका निमित्त कार्यकारी निर्देशक श्रीमान कार्की, युके एड सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमका टिम लिडर बलजित बोहरा, मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्र तुलाचनसहित स्याउ किसानहरुको उपस्थितिमा उक्त शाखाको शुभारम्भ गरिएको हो ।
शाखा विस्तारले बीमा सेवा थप प्रभावकारी रुपमा अगाडि बढ्ने कम्पनीको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS