IME Life New

बीमा दाबीका लागि चार वर्षमा ५ पटक गर्भवती, पाँचाैं पटकमा प्रहरीद्वारा पक्राउ

SPIL
प्रतीकात्मक तस्वीर
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सांघाईकी एक महिलाले फर्जी गर्भपतनबाट बीमा कम्पनीसँग ९ हजार ३ सय अमेरिकी डलर(१२ लाख ४९ हजार रूपैयाँ) दाबी गरेकी छिन्। अनलाइन माध्यमबाट स्वास्थ्य बीमा अन्तर्गत मातृत्व क्षतिपूर्ती बीमा दाबी गरेकी ती महिलाले ४ वर्षमा ५ पटकसम्म गर्भ पतन बीमा दाबी गरेपछि यस्तो रहस्य खुलासा भएको हो ।

झी थर भएकी ४२ वर्षिया ती महिला सांघाईको एक विदेशी कम्पनीमा काम गर्छिन्। सांघाई टिभीका अनुसार मासिक ४ हजार २ सय अमेरिकी डलर तलब आम्दानी गर्ने ती महिलाले विश्वविद्यालयमा दूरसंचार र कम्प्युटर विज्ञान अध्ययन गरेकी छिन् ।

Esewa
Crest

साउथ चाइना मर्निङ पोष्टका अनुसार गत डिसेम्बरमा प्रसूति बिदामा हुँदा, झीले दुई वर्ष अघि गर्भपतन पछि सफलतापूर्वक बीमा दाबी गरेको सम्झना थियो, जसले उनलाई नक्कली दाबी गर्न प्रेरित गर्‍यो। उनले अस्पतालमा गर्भपतन भएको दाबी गर्दै प्रसूति प्रमाणपत्र र अस्पतालबाट छुट्टी पूर्जाको सारांश सहित फर्जी उपचार कागजातहरू बनाउन कम्प्युटर सफ्टवेयर प्रयोग गरेकी थिइन्।

चीनमा जागिरेको हकमा रोजगारदाताले नै बीमाशुल्क भुक्तानी गरिदिने यो बीमाले गर्भावस्था र प्रसव सम्बन्धी उपचार खर्चहरू व्यहोर्छ। साथै प्रसूति बिदामा रहेका महिलालाई प्रसुती स्याहार वापत खर्च रकम पनि उपलब्ध गराउँछ।

झीले दुई पटक नक्कली उपचारका कागजातहरू सहित अनलाइन बीमा दाबी पेश गरेकी थिइन् । यो दाबीबाट ९ हजार ३ सय अमेरिकी डलर दाबी समेत पाइन् । प्रत्येक दाबी पछि, उनले सम्बन्धित कागज कागजातहरू र कम्प्युटर रेकर्डहरू नष्ट गर्दै आएकी थिइन्।

यस वर्ष २०२४ को शुरूवातमा, उनले ५ हजार ६ सय अमेरिकी डलर प्रसूति बीमा रकमको दाबीका लागि अर्को गर्भपतन रिपोर्ट बनाउँदा पुनः उही विधि प्रयोग गरेकी थिइन् । तर अनलाइन प्रणालीले उनको दाबी अस्वीकृत गरिदियो । त्यसपछि पुनः उनले फेब्रुअरीमा, अर्को आवेदन दिइन् । तर यसपटक भने उनी वास्तवमै सुत्केरी भएकी थिइन् र एक शिशुको आमा बनेकी थिइन् । यो दाबी भुक्तानी उनले हात पारिन्।

रोचक पक्ष के छ भने बीमा कम्पनीको दाबी विभागका कर्मचारीहरूले ती महिलाको प्रसुती बीमा दाबीको इतिहास केलाउँदा यो तथ्य फेला पर्‍यो कि ती महिलाले कि चार वर्षमा पाँचवटा प्रसूति बीमा दाबी गरेकी थिइन् । उनले पेश गरेका कागजप्रमाणहरू शंकास्पद देखिएपछि बीमा कम्पनीले तत्कालै प्रहरीमा जाहेरी दिएको थियो ।

पछि झीले प्रहरी सम्पर्कमा आएर गल्ती स्वीकार्दै बीमा दाबीवापतको सबै रकम फिर्ता गरिन् । उनले अदालत समक्ष बयानमा भनेकी छिन्,“स्वास्थ्य कमजोर भएकी वृद्ध गर्भवती महिलाको हैसियतमा म सुत्केरी हुनका लागि लाग्ने उपचार खर्चको विषयलाई लिएर म चिन्तित थिए। त्यसैले मैले नक्कली दाबीवापत रकम जुटाएकी हुँ ।

गत अगस्त १६ तारेखमा अदालतले झीलाई ठगीमा दोषी ठहर गर्दै उनले अपराध स्वीकार गरेकाले उनीविरूद्ध डेढ वर्षको जेल सजाय मिनाहा गर्ने निर्णय गरेको छ। प्रतीकात्मक तस्वीर

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

75%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS