IME Life New

प्रतिबद्धताको जम्मा ३५ प्रतिशत मात्र विदेशी लगानी नेपाल भित्रिन्छः सर्वेक्षण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा स्वीकृत भएका मध्ये करिब ३५ प्रतिशत मात्रै प्रत्यक्ष वैदेशिक लगानी रियलाइज( प्राप्त ) हुने गरेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९।८० को वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदनका अनुसार प्रतिबद्धताको ठूलो हिस्सा कहिल्यै नेपाल आउँदैन ।

नीतिगत अस्थिरता, राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रमा हावी घुसतन्त्र, उद्योग व्यवसायका लागि जग्गा जमिन प्राप्तीमा सामना गर्नुपर्ने किचलो लगायतका कारणले विदेशी लगानीकर्ताहरू लगानीको निर्णय गर्ने समयमा हच्किने गरेका छन् । ठूलो उद्योग व्यवसायमा स्थानीय प्रभावशाली व्यापारिक समूहलाइ साझेदार नबनाएको अवस्थामा लगानीमा अवरोध सिर्जना गर्रर निरूत्साहित बनाउने काम समेत हुन्छ।

Esewa
Crest

प्रतिवेदनका अनुसार  प्रत्यक्ष वैदेशिक लगानीको अवस्था आर्थिक वर्ष २०७१।७२ को अवस्थामा फर्किएको छ। आव २०७७।७८ को तुलनामा यस्तो लगानी झण्डै ६८ प्रतिशतले संकुचित भएको छ। आव २०७७।७८ मा १८ अर्ब ६० करोड रूपैयाँ वैदेशिक लगानी भित्रिएकोमा आव २०७९।८० मा वैदेशिक लगानी पछिल्लो ५ वर्षयताकै न्यून स्तरमा पुगेको छ। आव २०७१।७२ मा लगानी ५ अर्ब ९० करोड भित्रिएकोमा अघिल्लो आवमा ६ अर्ब रूपैयाँ भित्रिएको छ। आव २०७६।७७ मा १९ अर्ब ५० करोड रूपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो ।

पछिल्लो एघार वर्षमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको अवस्था । श्रोतः नेपाल राष्ट्र बैंक

प्रतिवेदनका अनुसार नेपालमा वैदेशिक लगानीको ६० प्रतिशत हिस्सा बागमती प्रदेशले ओगटेको छ। सडक, स्वास्थ्य, शिक्षासँगै आम्दानीको स्तरमात्र नभएर समुद्री नाकाबाट नजिकको ठूलो बजार भएकाले पनि वैदेशिक लगानीका लागि बागमती प्रदेश मुख्य आकर्षण हुने गरेको छ।

जनघनत्व र भाैगोलिक अवस्थितिका कारण स्वदेशी मात्र नभएर विदेशी लगानीकर्ताका लागि पनि बागमती प्रदेश नै वैदेशिक लगानीका लागि छनाैटमा पर्ने गरेको छ।

कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात करिब तीन खर्ब रूपैयाँ बराबर छ । सर्वेक्षण प्रतिवेदनले औद्योगिक क्षेत्रमा कुल वैदेशिक लगानीको ५९ दशमलव ७ प्रतिशत लगानी भएको उल्लेख छ । यीमध्ये जलविद्युतमा ३० प्रतिशत र उत्पादन क्षेत्रमा २९ दशमलव प्रतिशत लगानी भएको छ ।

दोश्रो ठूलो हिस्सा सेवा क्षेत्रले ओगटेको छ। सेवामूलक क्षेत्रमा कुल प्रत्यक्ष वैदेशिक लगानीको ४० दशमलव २ प्रतिशत प्राप्त भएको छ।यो मध्ये पनि पर्यटन क्षेत्रमा सर्वाधिक रहेको छ। त्यसबाहेक शिक्षा, स्वास्थ्य, परामर्श, सूचना प्रविधिक क्षेत्रमा पनि विदेशी लगानी छ।

केन्द्रिय बैंकले दुई सय ३८ वटा कम्पनीलाई सर्वेक्षणमा सहभागि गराएको थियो ।प्रतिवेदनका अनुसार आव २०७९।८० सम्ममा २ खर्ब ९५ अर्ब रूपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो ।

कुल वैदेशिक लगानी २ खर्ब ९५ अर्ब ५० करोडमध्ये सबैभन्दा धेरै भारतबाट आएको छ । राष्ट्र बैंकको अध्ययन अनुसार भारतबाट १ खर्ब ३ अर्ब बाह्य लगानी भित्रिएको छ। अर्को छिमेकी मुलुक चीनबाट ३५ अर्ब ४६ करोड रूपैयाँ भित्रिएको छ। लगानीमा भारतको हिस्सा ३५ र चीनको हिस्सा १२ प्रतिशत रहेको छ । आयरल्याण्डबाट ७ दशमलव ७ प्रतिशत अर्थात २२ अर्ब ६२ करोड र अष्ट्रेलियाबाट ६ दशमलव ४ प्रतिशत अर्थात १९ अर्ब ६ करोड रूपैयाँ प्रत्यक्ष लगानी भित्रिएको छ। यसबाहेक सिंगापुरबाट ६ दशमलव ४ प्रतिशत अर्थात १८ अर्ब ८१ करोड प्रत्यक्ष वैदेशिक लगानी प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS