IME Life New

शेयर बजार बढ्न थालेपछि बैंकहरुमा कर्जाको माग बढ्न थालेको हो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणालीमा पैसा थुप्रिने तर कर्जाको माग नहुँदा कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) लामो समयदेखि ७८ प्रतिशतको लाइन रहेको थियो। सीडी रेसियो ९० प्रतिशतसम्म कायम राख्न पाउने नियामकीय प्रावधान छ। तर, कर्जाको माग नबढ्दा बैंकिङ प्रणालीमा तरलता थुप्रिएपछि सीडी रेसियो ७८ प्रतिशतको लाइनमा झरेको थियो।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार भने साउन २७ गते बैंकहरुको औसत सीडी रेसियो ७९.०१ प्रतिशत पुगेको छ। ‘अहिले ब्याजदर पनि लगभग सिंगल डिजिटमा झरेको छ, यसले विस्तार कर्जाको माग बढाउन थालेको छ’, राष्ट्र बैंकका एक अधिकारीले भने, ‘अर्थतन्त्र चलायमान हुन थालेको छ। व्यापार–व्यवसाय पनि विस्तारै लयमा फर्किन थालेका छन्। त्यही भएर कर्जाको माग बढ्न थालेको छ।’

Esewa
Crest

साउन २७ गतेकै तथ्यांक हेर्ने हो भने बैंक तथा वित्तीय संस्थाबाट थप २ अर्ब कर्जा प्रवाह भएको छ। ‘अहिले शेयर बजारले पनि गति लिन थालेको मार्जिन प्रकृतिको कर्जाको माग पनि बैंकहरुमा ह्वात्तै बढेको छ’, ती अधिकारीले भने, ‘अब केही दिनपछि आउने साउनको तथ्यांकले पनि त्यसलाई थप पुष्टि गर्नेछ।’

अर्कोतर्फ अहिले शेयर बजार बढ्न थालेको छ। लगानीकर्ताको आकर्षण पनि शेयर बजार उत्तिकै बढेको छ। बैंकहरुको मुद्दति निक्षेपमा राखेर परिपक्व भएको पैसा पनि अहिले शेयर बजारमा आउन थालेको एक बजार जानकारले बताए। ‘अहिले बैंकहरुको मुद्दति निक्षेप ब्याजदर ६–७ प्रतिशत होला, त्यसैले बैंकमा राख्नुभन्दा त्यो पैसा शेयर बजारमा राम्रा र बलिया कम्पनीमा लगाएर कुर्न सकियो भने राम्रै रिटर्न आउँछ’, लामो समयदेखि बजारमा सक्रिय गोपीकृष्ण गजुरेलले भने।

अर्कोतर्फ बैंकहरुले पनि अहिले सस्तैमा शेयर धितो कर्जा दिइरहेको गजुरेलको भनाइ छ। ‘अहिले सिंगल डिजिटकै हाराहारीको ब्याजदरमा शेयर कर्जा पाइन्छ’, उनले भने।

एक विकास बैंकका सीईओले पनि पछिल्लो समय शेयर लोनको डिमान्ड बढ्न थालेको बताए। ‘शेयर लोन लिन अहिले थुप्रै आउन थालेका छन्’, ती सीईओले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

33%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS