IME Life New

प्राधिकरणको नाफा कागजी होइन, सर्वसाधारणलाई आइपीओ ल्याउँछौँः कुलमान घिसिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्राधिकरणको नाफा कागजी नरहेको स्पष्ट पारेका छन्।

आज ३ वर्ष कार्यकाल पूरा गरेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङ यस्तो स्पष्टोक्ति दिएका हुन्। ‘प्राधिकरणको नाफा कागजीमात्र हो भन्ने गरेको सुनेको छ तर यस्तो होइन, विगत ८ वर्षदेखि प्राधिकरण नाफामा रहेको छ’, उनले भने।

Esewa
Crest

लगातार ३ वर्षदेखि विद्युत महसुल घटाएर पनि प्राधिकरणको नाफा बढाउँदै लैजान सफल भएको घिसिङ बताए। ‘पछिल्लो ३ वर्षमा विद्युत महसुल २५ प्रतिशतले घटेको छ, अरु क्षेत्रले महसुल घटाएका छन् ?’, प्रश्न गर्दै घिसिङले भने, ‘तर, प्राधिकरणले घटाएर पनि नाफा बढाउन सफल भएको छ।

घिसिङका अनुसार खुद नाफा आव २०७८।७९, २०७९।८० र २०८०।८१ मा क्रमश: रु. १३ अर्ब ३४ करोड, रु९ अर्ब ४२ करोड र रु. १३ अर्ब ३१ करोड (अपरिष्कृत) भएको छ। ‘सञ्चित नाफा आव २०७८।७९, २०७९।८० र २०८०।८१ मा क्रमश ः रु. २४ अर्ब ७७ करोड, रु. ३३ अर्ब ६४ करोड र रु. ४७ अर्ब ४१ करोड (अपरिष्कृत) रहेको छ’, उनले भने, ‘आम्दानी आव २०७८।७९, २०७९।८० र २०८०।८१ मा क्रमशः रु. ८७ अर्ब १५ करोड, रु. १ खर्ब ३ अर्ब र रु. १ खर्ब १६ अर्ब भएको छ।’

घिसिङका अनुसार प्राधिरणको चल अचल सम्पत्ति आव २०७८।७९, २०७९।८० र २०८०।८१ मा क्रमशः रु. ५ खर्ब २२ अर्ब, रु. ५ खर्ब ७७ अर्ब र रु. ६ खर्ब ३२ अर्ब पुगेको छ।

घिसिङले इक्रा नेपालले प्राधिकरणलाई लगातार डबल ए प्लस रेटिङ दिएको पनि अवगत गराए। ‘यसले प्राधिकरणको वित्तीय अवस्था सुदृढ छ, आफ्नो वित्तीय तथा आर्थिक दायित्व ढुक्कसँग बहन गर्न सक्ने देखिन्छ। अझै धेरै लगानी गर्ने क्षमता राख्छ भन्ने प्रस्ट पार्छ’, उनले भने, ‘प्राधिकरणले कमाएको नाफा विद्युत विकासका पूर्वाधारमा लगानी भरपर्दो स्रोत बनेको छ।’

प्राधिकरणले आफ्नो पुँजीको तत्कालका लागि १० प्रतिशत शेयर (आइपीओ) आमसर्वसाधारणका लागि जारी गर्ने ल्याउने तयारी गरिरहेको पनि घिसिङ बताए। ‘आइपीओबाट संकलन गरेको रकम ठूला जलविद्युत आयोजनामा लगानी गरिनेछ’, उनले भने।

प्राधिकरणले विद्युतीकरण, ट्रान्समिसन र जेनेरेसनमा विगत ८ वर्षमा १ खर्ब पुँजी लगानी गर्न सक्षम भएको पनि घिसिङले बताए। ‘सहायक र सम्बद्ध कम्पनीहरुमा ५५ अर्ब ६८ करोड रुपैयाँ लगानी गरेको छ’, उनले भने।

अहिले प्राधिकरणको ५९ लाख ग्राहक रहेको घिसिङको भनाइ छ। ‘२२ लाख ग्राहकलाई न्यूनतम शुल्क ३० रुपैयाँ कायम गरिएको छ’, उनले भने, ‘सिँचाइका लागि प्रतियुनिट २ रुपैयाँ विद्युत उपलब्ध छ।, लिफ्टिङ खानेपानीमा डिमान्ड शुल्क नलाग्ने र इनर्जी शुल्कमा सहुलियत दिइएको छ।’

विद्युती सवारी साधनको चार्टिङ स्टेसनमा पनि सहुलियत दर निर्धारण गरिएको घिसिङले बताए।

ऊर्जा मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताको मूल्यांकनमा आर्थिक वर्ष २०७८।७९ र २०७९।८० मा क्रमशः ९४.२३ र ९.९४ प्रतिशत अंक प्राप्त भएको घिसिङले बताए। आव २०८०।८१ को मूल्यांकनको क्रममा रहेको उनले जानकारी दिए।

घिसिङका अनुसार ८ वर्षअघि अर्थात आर्थिक वर्ष २०७२।७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशतमात्र थियो। तीन वर्षको अवधिमा भएको उपलब्धिमध्ये विद्युतीकरणमा प्राप्त उपलब्धि महत्वपूर्ण रहेको उनले बताए। तीन वर्षअघि ८९.७ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको घिसिङले बताए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS