IME Life New

घरजग्गा कारोबारमा आएको गिरावटले चिनियाँ बीमा कम्पनीहरुमा कस्तो पर्ला प्रभाव ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । घरजग्गा कारोबारमा आएको गिरावटले चिनियाँ बीमा कम्पनीहरुमा विभिन्न प्रभाव पारेको छ। यद्यपि पोर्टफोलियोमा विविधताका कारण अन्य लगानीका क्षेत्रभन्दा बीमामा परेको प्रभाव सामान्यीकरण गर्न सकिने अपेक्षा गरिएको छ।

गल्लाघेर रिसर्च सेन्टरले लन्डन स्कुल अफ इकोनोमिक्सका प्रोफेसर रिकार्डो रेइससँग बीमा/पुनर्बीमा कम्पनीहरुका लागि विश्वव्यापी समष्टि आर्थिक जोखिम र अवसरहरुको विश्लेषण गर्न सहकार्य गरेको छ। हालैको आफ्नो ब्लगमा प्रोफेसर रेइसले बीमा/पुनर्बीमा क्षेत्रमा चीनको रियल स्टेट मन्दीको प्रभावहरुका बारेमा उल्लेख गरेको छ।

Esewa
Crest

चीनको रियल स्टेट बजार कोभिड–१९ महामारीपछि उल्लेखनीय रुपमा गिरावट आएको छ। कम निर्माण र घरजग्गा कारोबारमा आएको गिरावटले चीनको आर्थिक वृद्धिदर सुस्त बनाएको छ। यद्यपि व्यवस्थित घरेलु ऋण र सरकारी हस्तक्षेपले तत्काल मन्दीको जोखिमलाई कम गर्ने रेइसको ब्लगमा उल्लेख छ। ‘तर, बढ्दो निष्क्रिय ऋणले चिनियाँ बैंकहरुका लागि चुनौतीहरु खडा गरेको छ’, उनले उल्लेख गरेका छन्।

यो अवस्थाले ऋण प्रवाह कायम राख्न प्रयास गरे पनि जनतामा वित्तीय भार हस्तान्तरण गर्न सक्ने रेइसको सुझाव छ। ‘तथापि, चीनको पर्याप्त वित्तीय क्षमता र राष्ट्रिय बचतले आर्थिक संकट विरुद्ध महत्वपूर्ण बफर प्रदान गर्दछ’, उनले भनेका छन्।

बीमा÷पुनर्बीमा बजारका लागि चीनको रियल स्टेट गिरावटको प्रभाव कम्पनी र लगानी पोर्टफोलियोअनुसार फरक हुनेछ। क्षेत्रीयस्तरमा विश्वव्यापी व्यावसायिक घरजग्गा बजारमा चिनियाँ कम्पनीहरुको पोर्टफोलियो लगभग ८ प्रतिशत छ। चिनियाँ घरजग्गा सम्पत्तिबाट प्रत्यक्ष प्रभाव व्यवस्था पोर्टफोलियो विविधीकरणका कारण सीमित हुने अपेक्षा गरिएको छ।

चिनियाँ जीवन बीमकहरुले व्यावसायिक मोर्टगेज, कमर्सियल मोर्टगेज–ब्याक्ड सेक्युरिटिज (सीएमबीएस), प्रत्यक्ष घरजग्गा र रियल स्टेट इन्भेस्टमेन्ट ट्रस्ट (आरईआईटीएस) मा लगानीका कारणले थप महत्वपूर्ण प्रभाव अनुभव गर्न सक्छन्। यद्यपि, उचित विविधीकरणका साथ चिनियाँ घरजग्गा बजारबाट बीमा कम्पनीहरुमा पर्ने प्रभाव अन्य लगानीजस्तै सार्वभौम बन्ड र इक्विटीहरुको तुलनामा कम हुने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS