IME Life New

एक वर्षमा ११ हजार ७०० इभी आयात हुँदा रु. २९ अर्बभन्दा बढी रकम बाहिरियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। विद्युतीय सवारीसाधनको मागसँगै यसको आयात पनि उल्लेख्य रुपमा वृद्धि भएको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०८०।८१ मा ११ हजार ७०१ वटा विद्युतीय सवारीसाधन आयात भएका छन्।

विद्युतीय सवारीसाधनको आयातमा मात्रै गत आर्थिक वर्षमा २९ अर्ब ४८ करोड २७ लाख रुपैयाँ बाहिरिएको छ।

Esewa
Crest

सवारीसाधनको आयातबाट सरकारले १३ अर्ब २८ करोड ६७ लाख रुपैयाँ राजश्व असुली गरेको छ। गत आर्थिक वर्षमा कुल आयातित विद्युतीय सवारीसाधनमध्ये चीनबाट आयातित सवारीसाधनको संख्या ७० प्रतिशतभन्दा माथि छ।

नेपालले अघिल्लो आर्थिक वर्ष २०७९।८० मा भारत र चीनबाट समेत गरी कुल ३ हजार ४७४ वटा विद्युतीय कारजिप आयात गरेको थियो। योमध्ये भारतबाट ५ अर्ब ९४ करोड बराबरको २ हजार २०५ वटा र चीनबाट ३ अर्ब ७५ करोडको एक हजार २६९ वटा विद्युतीय कार जिप आयात गरिएको थियो।

विभागका अनुसार गत आवमा ५१ देखि १०० किलोवाट मोटर क्षमताको चारपांग्रे जिप, कार, भ्यान सर्वाधिक संख्यामा भित्र्याइएको छ। कुल १९ अर्ब ६७ करोड २ लाख ७९ हजार रुपैयाँ मूल्यबराबरको ६ हजार ८५५ वटा यस्तो सवारीसाधन आयात गरिएको छ।

आयातीत विद्युत सवारीसाधनमध्ये रसुवागढी नाकाबाट मात्रै सात हजार ३२ वटा विद्युतीय सवारीसाधन आयात भएको छ। गत वर्ष आयात भएका सवारीसाधनको मूल्य १९ अर्ब ५७ करोड ४५ लाख रुपैयाँ रहेको भन्सारको तथ्यांकमा उल्लेख छ।

संख्यात्मक आधारमा ५० किलोवाट मोटर क्षमतासम्मका ४ हजार ५७१ वटा चारपांग्रे विद्युतीय सवारीसाधन भित्र्याइएको छ। यसैगरी १०१ देखि २०० किलोवाट क्षमता सम्मको २१७ वटा, २०१ देखि ३०० किलोवाट क्षमतासम्मको २७ थान र ३०० किलोवाटभन्दा अधिक क्षमताको १ थान विद्युतीय कार जिप आयात भएको छ।

भन्सार विभागका अनुसार ५० किलोवाट क्षमतासम्मको विद्युतीय सवारीमा भन्सार महसुल, मूल्य अभिवृद्धि करसहित औसत ३० प्रतिशत राजश्व दर छ भने ३०० किलोवाट क्षमताभन्दा माथिको सवारीसाधनमा आयात मूल्यको औसत २०४ प्रतिशतसम्म भन्सार महशुल लाग्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS