IME Life New

सलिको इन्स्योरेन्सले मनायो २८ औं वार्षिकोत्सव, सेवाको डिजिटलाइजेशनमा जोड दिने प्रतिबद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमक सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड २९ औं वर्षमा प्रवेश गरेको छ। इन्स्योरेन्सको प्रधान कार्यालयका साथै देशैभरका शाखा र उपशाखामा कार्यरत कर्मचारीले केक काट्दै खुशियाली साटासाट गर्दै वार्षिकोत्सव मनाए।

वार्षिकोत्सवको अवसरमा कर्मचारीलाई प्रत्यक्ष र अनलाइनमाध्यमबाट समेत सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले कम्पनीको सफलतामा साथ दिने सबैमा धन्यवाद ज्ञापन गरे । उनले एकीकृत कारोबार पछिको चार वर्षे लक्ष्य अन्तर्गतको पहिलो एक वर्षे अवधिको कार्य सम्पादनको मूल्यांकन गर्दै बाँकी तीन वर्षमा कसरी निर्धारित लक्ष्य हासिल गर्ने भन्नेबारे कर्मचारीमाझ कम्पनीको रणनीति साझा गरे ।

Esewa
Crest
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको वार्षिकोत्सवका अवसरमा प्रधान कार्यालयमा
कर्मचारी परिवारको साथमा खुशियाली मनाउँदै प्रमुख कार्यकारी चंकी क्षेत्री

इन्स्योरेन्सले व्यापारको अंक गणितका आधारमा मात्र नभएर बजार हिस्सा बिस्तार, नयाँ बीमा योजना, अझै ग्राहक मैत्री सेवा, डिजिटल सेवाको गहन प्रयोगलाइ अझै प्राथमिकता दिने योजना रहेको जानकारी दिएको छ।

श्रीलंकाली बीमक सेलिन्कोसँगको संयुक्त लगानीमा २०५२ साल साउन २ गते पहिलो विदेशी संयुक्त लगानीको निर्जीवन बीमा कम्पनीको रूपमा सगरमाथा इन्स्योरेन्सको स्थापना भएको थियो । साबिक सगरमाथा इन्स्योरेन्सको स्थापना दिवसलाई आधार मानेर सगरमाथा लुम्बिनी इन्स्योरेन्सले वार्षिकोत्सव मनाएको हो।

साबिक सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स आपसमा गाभिएर २०७९ फागुन २९ गतेदेखि सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रूपान्तरण भएका हुन्।

बीमाशुल्क आम्दानीमा ४० प्रतिशतको वृद्धि दर्ज

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०।८१ मा ४ अर्ब ७८ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। अघिल्लो आव २०७९।८० मा यो कम्पनीले जम्मा ३ अर्ब ४१ करोड ८५ लाख रूपैयाँ कुल बीमाशुल्क आम्दानी गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा कुल बीमाशुल्क आम्दानी ३९.८२ प्रतिशतले बढेको छ।

यसैगरी बीमितले गत आवमा इन्स्योरेन्सबाट कुल २ अर्ब ८३ करोड बीमा दाबी भुक्तानी पाएका छन् । अघिल्लो आवमा इन्स्योरेन्सले २ अर्ब ३३ करोड ५८ लाख रूपैयाँ दाबी भुक्तानी दिएको थियो । बीमाशुल्क आम्दानीमा वृद्धिसँगै दाबी भुक्तानी पनि बढेको छ।

इन्स्योरेन्सले गत आर्थिक वर्षभरमा कुल २ लाख ८६ हजार ३६७वटा बीमालेख बिक्री गरेको छ। अघिल्लो आर्थिक वर्ष २०७९।८० मा १ लाख ५६ हजार २३ वटा बीमालेख जारी गरेको थियो । बीमालेख संख्यामा ८३.५४ प्रतिशतले वृद्धि देखिएको छ।

कुल ६३७ जनशक्ति कार्यरत यो कम्पनीको चुक्ता पूँजी २ अर्ब ६२ करोड रूपैयाँ र नेटवर्थ ५ अर्ब ९३ करोड रूपैयाँ बराबर छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS