IME Life New

राष्ट्रिय परिचय पत्रको अत्तोले वैदेशिक रोजगारमा रहेका नेपाली नागरिक मारमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सबै खाले बीमा कारोबारमा समेत राष्ट्रिय परिचय पत्र अनिवार्य लागू गर्ने निर्देशन जारी गरेपछि वैदेशिक रोजगारमा रहेका नेपाली नागरिक समस्यामा पर्ने भएका छन् ।

प्राधिकरणले असार १४ गते जारी गरेको परिपत्रमा आगामी माघ १ गतेदेखि लागू हुने गरी सबै खाले बीमा कारोबारका लागि बीमितको राष्ट्रिय परिचय पत्रको विवरण अनिवार्य समावेश गर्न बीमकलाई निर्देशन दिइएको छ। परिपत्रमा भनिएको छ, नेपाली नागरिकको नाममा जारी हुने नयाँ बीमालेख, बीमालेख नविकरण, ऋण, समर्पण, दाबी भुक्तानी लगायतका सबैखाले बीमा कारोबारमा राष्ट्रिय परिचय पत्रको विवरण अनिवार्य समावेश गर्नु ।

Esewa
Crest

यो प्रावधान कारण वैदेशिक रोजगारमै रहेका वा अन्य कुनै कारणवश विदेशमै अस्थायी बसोबास गरिरहेकाहरूले राष्ट्रिय परिचय पत्रको अभावमा स्वदेशी कम्पनीमा बीमा गर्ने सुविधाबाट वञ्चित हुनुपर्ने भएको छ। विदेशमा बसोबास गर्ने नेपाली नागरिकले विदेशस्थित कुटनीतिक नियोगबाट राष्ट्रिय परिचय पत्र लिन सक्ने सुविधा उपलब्ध छैन। राष्ट्रिय परिचय पत्रका लागि नागरिकता जारी गरिएको जिल्ला वा काठमाडौंमा तोकिएको कार्यालयबाट मात्र विवरण भराउन र परिचय पत्र लिन सकिन्छ।

विदेशमा अस्थायी बसोबास गर्ने नेपाली नागरिकका लागि स्वास्थ्य परिक्षण प्रतिवेदन आवश्यक नहुने (नन मेडिकल) सीमा सम्मको बीमाङ्कको बीमालेख बिक्री हुँदै आएको छ। केही बीमकले नन मेडिकल सीमाभन्दा माथिको बीमाङ्कको जीवन बीमा समेत गर्दै आएका छन् ।

नेपाल बीमा प्राधिकरणले डिजिटल पोलिसी गाइडलाइन २०२४ (डिजिटल बीमालेख निर्देशिका २०८१) मार्फत् नीतिगतरूपमा नै बीमितको भौतिक उपस्थिति बिना नै बीमा प्रस्ताव स्वीकार गर्ने बाटो खुल्ला गरिदिएको छ। यो निर्देशिका अनुसार म्यादी बीमालेखमा बीमकको जोखिमाङ्कन निर्देशिकाको सीमासम्म र सावधिक बीमाका लागि अधिकत्तम २० लाख रूपैयाँ वा नन मेडिकल सीमासम्मको बीमाङ्कका लागि अनलाइन माध्यमबाटै प्रस्ताव पेश गर्न र स्वीकार गर्न सकिन्छ।

राष्ट्रिय परिचय पत्र सम्बन्धि निर्देशनले डिजिटल माध्यमबाट विदेशमा रहेका नेपाली नागरिकलाई  बीमालेख बिक्री गर्न नसकिने अवस्था हुने भएको छ।

यसैगरी नेपालमा बीमा गरेपछि विदेश पलायन भएर अस्थायी बसोबास गरि रहेका वा विदेशी नागरिकता ग्रहण गर्ने प्रकृयामा रहेका नेपाली नागरिकलाई  दाबी भुक्तानी लिन समेत समस्या हुने भएको छ। उनीहरूले नेपालस्थित बैंक खातामा दाबी भुक्तानी लिन पाउने भएपनि राष्ट्रिय परिचय पत्रको अत्तोले अब उनीहरूलाई अत्याउने भएको छ।

यता आएपछि पनि (बीमाको) किस्ता नियमितरूपमा तिर्छु, अष्ट्रेलियामा स्थायी बसोबासको लागि आवेदन दिई सकेका एक यूवकले टेलिफोन सम्पर्कमा भने,अब पैसा (दाबी) लिने बेला राष्ट्रिय परिचय पत्र चाहिने जस्तो छ, पाइने रकमभन्दा आउजाउ गर्न लाग्ने खर्च नै दोब्बर बढी लाग्छ,कसरी जाने होला ? उनले बीमा दाबीको पैसाले  ऋण चुक्ता गर्ने योजना बनाएका रहेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS