IME Life New

पूँजी पुर्‍याउन नसकेका बीमक प्रति लचिलो बन्यो प्राधिकरण, दियो यस्तो सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले न्यूनतम चुक्ता पूँजी पुर्‍याउन बाँकी बीमा कम्पनीहरु प्रति लचक बनेको छ। प्राधिकरणले चुक्ता पूँजी वृद्धिका लागि पूर्व निर्धारित समय सीमाभन्दा थप ६ महिनाको अवधि दिएको छ।

प्राधिकरणका अनुसार असार मसान्तसम्मको समय सीमा दिइएकोमा तत्कालका लागि पाैष मसान्तसम्मको समय सीमा थप गरिएको हो । यसअघि प्राधिकरणले बीमा कम्पनीहरुलाई चालू आर्थिक वर्ष २०८०।८१ को असार मसान्तभित्र तोकिएको न्यूनतम चुक्ता पूँजी कायम गर्न निर्देशन दिएको थियो। तर, अहिले फेरि विभिन्न कारण चुक्ता पूँजी पुर्‍याउन नसकेका बीमा कम्पनीप्रति प्राधिकरणले लचिलो नीति लिएको हो।

Esewa
Crest

प्राधिकरण प्रवक्ता सुशील देव सुवेदीले हाल केही समयका लागि कम्पनीको जगेडालगायत कोषमा रहेका रकम पूँजीका रुपमा गणना गर्न अनुमति दिने निर्णय भएको बताए। ‘चालु आर्थिक वर्षको असार मसान्तसम्म चुक्ता पूँजी कायम गर्न निर्देशन दिइएको थियो तर विविध कारण पुर्‍याउन नसकेका र समयावधि पनि सकिनै लागेकोले हाललाई जगेडालगायतका कोषको रकम पूँजीरुपमा गणना गर्न अनुमति दिने निर्णय भएको छ’, उनले भने, ‘साउनमा न्यूनतम चुक्ता पूँजी पुर्याउने योजना पेश गर्न पनि बीमा कम्पनीहरुलाई निर्देशन दिइएको छ।’

केही कम्पनीले पूँजी वृद्धिको योजना पेस गरे पनि केही बाधा अड्चनले प्रकृया अगाडि बढ्न नसके पछि प्राधिकरण बीमा कम्पनीहरुप्रति लचिलो बनेको हो। हाल ५ वटा बीमा कम्पनीको हकप्रद नेपाल धितोपत्र बोर्ड (सेबोन)को पाइप लाइनमा रहेको छ। ती कम्पनीले अब सेबोनमा नयाँ अध्यक्ष नियुक्त भएर आएपछि मात्रै अनुमति पाउने देखिन्छ।

प्राधिकरण २०७८ चैतमा जीवन बीमाको न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ र निर्जीवनको साढे २ अर्ब रुपैयाँ पुर्याउनु पर्ने निर्देशन जारी गरेको थियो। त्यस यता पटक  पटक प्राधिकरणले बीमकलाई समयावधि थप गर्दै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS