GBIME
IME Life

नेपालमा यस्तो छ लघुबीमाको महत्व

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लघु बीमा भनेको आर्थिक रुपमा पिछडिएका विपन्न तथा न्युन आय भएका सीमान्तकृत समुदायका लागि गरिने बीमा नै लघुबीमा हो । लघुबीमाले न्युन आय भएका समुदायलाई बीमाको दायरामा ल्याउने काम गर्दछ । कम बीमा शुल्कमा ग्राहकमैत्री बीमा सेवा प्रदान गर्नु नै लघुबीमाको विषेशतामध्ये एक हो । लघु बीमाले थोरै बीमाशुल्क जीवन, सम्पत्ती तथा दायित्व विरुद्ध जोखिम भारलाई कम गर्दछ ।

गाउँ गाउँमा गएर बीमाको पहुँच बृद्धि गर्न, पिछडिएका सबै समुदायलाई बीमाको पहुँचमा ल्याउनका लागि नै प्राधिरकणले लघुबीमा कम्पनीलाई लाइसेन्स वितरण गरेको हो । लघुबीमाले सरल र सहज सेवा दिने गर्दछ । बीमा प्रक्रियाहरु पनि लघुबीमा मार्फत सहज हुने गर्दछ । नेपालजस्तो विकासउन्मुख देशका लागि लघुबीमा धेरै नै उपयुक्त छ ।

SKYWELL
Crest

यस्ता छन् लघुबीमाको महत्व
न्युन आय भएका तथा पिछडिएका सीमान्तकृत वर्गको जीवन तथा सम्पत्तीको जोखिम विरुद्ध आर्थिक सुरक्षा गर्दछ ।
बचत र वित्तीय सुरक्षाको आधारमा प्रदान गर्दछ ।
स्वास्थ्य, शिक्षा लगायतका आवश्यक सेवामा पहुँच विस्तार गर्न सहयोग हुन्छ ।
बाढी, पहिरो, प्राकृतिक प्रकोप, रोगव्याधिबाट जनधनमा हुने क्षतिको क्षतिपुर्ति गर्दा सरकारले व्यहोर्नुपर्ने आर्थिक भारलाई न्युनिकरण गर्दछ ।
साना व्यापार तथा व्यवसाय निरन्तरताको लागि आधार प्रदान गर्दछ ।
लघुबीमा कम्पनीहरुले प्रयोगमा ल्याएका डिजिटल एप बाट बीमा सम्बन्धी सम्पुर्ण कार्य गर्न सकिने हुन्छ ।
बीमाको दायरा विस्तार गरी बीमामा समावेशिता कायम गराउँदछ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS