IME Life New

एक दिनमा कति घन्टा चलाउनुपर्छ एसी ? कहिल्यै नगरौँ यी गल्ती

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गर्मी अचाक्ली बढेको छ। दिउँसोको समयमा घरबाहिर मानिसको चहलपहल घट्न थालेको छ। यस्तो बेला घर र अफिसमा फ्यान वा एअर कन्डिसनर (एसी)को प्रयोग बढ्न थालेको छ।

हालै छिमेकी भारतको नोएडास्थित एउटा सोसाइटीमा एसी पड्केर आगलागी भएको थियो। जसमा ठूलो क्षति भएको थियो। गर्मीयाममा यस्ता घटना थुप्रै सुनिन पाइन्छ।

Esewa
Crest

गर्मी बढेसँगै मानिसहरुमा कति घन्टासम्म लगातार एसी चलाउन हुन्छ भन्ने प्रश्न र जिज्ञासा उठ्न सक्छ। तर, यसबारेमा एसी बनाउने कम्पनीहरुले पनि गाइडलाइन बनाएका छैनन्। तर, चौबीसै घन्टा एसी चलाउनु खतरनाक हुन सक्छ। एसी एक दिनमा अधिकतम १० घन्टा चलाउनु उपयुक्त हुन्छ।

एसीलाई एउटा लिमिटमा चलाउनुपर्छ। ता कि त्यसको हार्डवेयर पनि चिसो हुन पाऊन् र कुनै पनि पार्टपुर्जा ओभरहिट हुन नपाऊन्। यसका अलावा एसीको सुरक्षित तरिकाले प्रयोग गर्न हामी अन्य थुप्रै कुरामा हामीले ध्यान दिन जरुरी छ।

आगलागीजस्ता घटनाबाट बच्न एसीको नियमित सर्भिस (चेकजाँच) गर्न आवश्यक हुन्छ। ता कि कम्प्रेसरमा जम्मा भएको धुलोलगायत सफला गर्न सकियोस्। यसो गरिएमा एसीको आउटडोर फ्यान राम्ररी चल्न सक्छ र एसी युनिटभित्र रहेको गर्मीलाई बाहिर निकाल्न सक्छ।

एसी युनिटभित्र जडित फ्यानले राम्ररी काम गरेमा मात्रै भित्र रहेको हिट बाहिर निकाल्न सक्छ र कुनै पनि पार्टपुर्जा ओभरहिट हुने छैन। किनकि ओभरहिटका कारण थुप्रै आगलागीका घटना भएका छन्।

एसीको आउटडोर युनिट हामी आफैँले बाहिरबाट सफा गर्न सक्छौँ। यसका लागि कुनै युट्युब भिडियोको सहयोग लिन सकिन्छ।

स्प्लिट एसीमा गडबडी हुँदा प्रायः डिस्प्लेमा एउटा इरर कोड देखाउँछ। यसले एसीमा खराबी भन्ने संकेत मिल्छ। अनि प्राविधिकलाई बोलाएर मर्मत गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS