IME Life New

बैंकिङ प्रणालीमा पैसा फालाफाल, किन बढ्न सकिरहेको छैन कर्जाको माग ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणाली निक्षेप थुप्रिने क्रम जारी रहेको छ। कर्जाको माग भने बढ्न सकेको छैन।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार जेठ १७ गते एकैदिन बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ७ अर्ब रुपैयाँले बढेर ६२ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिन जेठ १६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६२ खर्ब १२ अर्ब रुपैयाँ थियो।

Esewa
Crest

उता बैंकहरुको कर्जा प्रवाह भने बढ्न सकेको छैन। जेठ १६ गते बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ५१ खर्ब २३ अर्ब रुपैयाँ रहेकोमा जेठ १७ गते पनि उति नै रहेको छ। निक्षेप थुप्रिनु र कर्जा प्रवाह नबढ्नुले बैंकहरु औसत अन्तरबैंक दर ३ प्रतिशत मुनि रहेको छ भने सीडी रेसियो ८० प्रतिशतको लाइनमा रहेको छ।

अन्तरबैंक दर ३ प्रतिशत मुनि रहेको अवस्थामा केन्द्रीय बैंकले तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट पैसा तान्नुपर्ने हुन्छ। राष्ट्र बैंकले जेठ लागेयता ७ पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै २ खर्ब १५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तानिसकेको छ। यत्रो रकम तान्दा पनि अझै बैंकिङ प्रणालीमा तरलता फलाफाल नै रहेको छ।

राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराम पोखरेलले कर्जा प्रवाहले गति लिन नसक्दा बैंकिङ प्रणालीमा निक्षेप थुप्रिएको बताउँछन्। ‘पछिल्लो समय उद्योगधन्दा र व्यवसाय सोचेजस्तो चलेका छैनन्’, उनले भने, ‘यो बेला बैंकबाट ऋण लिएर लगानी गर्दा ब्याज तिर्ने पैसा पनि उठाउन नसकिने अनुमानमा उद्योगी–व्यवसायीले ऋण लिन हिच्किचाइरहेका हुन सक्छन्।’

नयाँ बजेट पनि सार्वजनिक भइसकेकोले अब साउनबाट कर्जा प्रवाहले गति लिन सक्ने सहप्रवक्ता पोखरेलको भनाइ छ। ‘बजेटमा नयाँ योजनाहरु आएका छन्, ती योजनाहरु कार्यान्वयनमा आएसँगै वित्तीय क्षेत्र पनि चलायमान हुन सक्छ’, उनले भने।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत लचिलो नीति लिएकोले कर्जाको माग विस्तार बढ्दै जाने सहप्रवक्ता पोखरेलको भनाइ छ। ‘पछिल्लो तथ्यांक हेर्ने हो भने पनि कर्जा प्रवाह केही बढेको छ’, उनले भने, ‘तर, सोचेजस्तो बढ्न सकेको छैन। अब अर्थतन्त्र चलायमान भएसँगै कर्जा प्रवाह पनि बढ्नेछ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS