Connect IPS
IME Life

पोल्ट्रीबाट बीमामा होमिएकी गीता छोटो समयमै बनिन् ५ पटक एमडीआरटी, ‘भलाइ गर्न मन्दिर जानुपर्दैन’

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गीता पौडेल सुवेदी जीवन बीमा क्षेत्रमा एक परिचित नाम हो । २०४९ सालमा मालिका गाउँपालिका–१ जुब्जामा जन्मिएकी गीता हाल जलजला गाउँपालिकाको बेनीमा बसोबास गर्दै आएकी छन् । गीताको बालापन सामान्य परिवारमा बित्यो । उनी सिटिजन लाइफ इन्स्योरेन्सको म्याग्दी शाखाकी सिनियर एजेन्सी म्यानेजर हुन् । गीता आफ्नो दैनिकीसँगै बीमा शिक्षा बाँड्नमा व्यस्त हुन्छिन् । अहिले गीताले अभिकर्ता पेसालाई आफ्नो दैनिकी नै बनाइसकेकी छन् । बीमा सचेतना फैलाउन उनलाई खुब मज्जा लाग्छ । पुन्यको काम भन्दै गीताले बीमा सचेतना फैलाउने गरेकी छिन् । गीताले प्लस टुसम्मको अध्ययन जन्मघरबाटै पूरा गरिन् । आफ्नै व्यवसाय गर्दै आएकी गीता अभिकर्ता बन्नुअघि दिनभर पसलमा व्यस्त हुन्थिन् । अहिले भने आफ्नो व्यापारसँगै अभिकर्ता पेसामा जमेर लागेकी छन् ।

यसरी जोडिन् अभिकर्ता पेसामा
गीता आफ्नो व्यवसाय सागर पोल्ट्री सप्लायर्स चलाउँदै आएकी थिइन् । एक दिनको कुरा हो सिटिजन लाइफ इन्स्योरेन्सको म्याग्दी शाखाकी ब्रान्च म्यानेजर भावना पौडेल सुवेदी र सुनिल पौडेल गीताको पसलमा आए । सोही समयमा गीतालाई उनीहरुले बीमा अभिकर्ता बन्न प्रस्ताव राखे । ‘नाम र दाम दुवै हुने, तपाइँ त्यहीमाथि व्यापारिक मान्छे, राम्रो गर्न सक्नुहुन्छ’ भन्ने हौसला दिए । उनीहरुको प्रस्तावलाई गीताले सहर्षै स्वीकार गरिनन् । किनकि ‘थाहा नभएको पेसा कसरी गरुँ’ भन्ने थियो, गीतामा । उनीहरुले गीतालाई बीमा बजार, अभिकर्ताको काम, बीमाको फाइदा र कमाइका बारेमा धेरै जानकारी गराएपछि गीताले स्वीकार गरिन् । अन्ततः गीताले २०७६ सालमा सिटिजन लाइफबाट लाइसेन्स लिई काम गर्न थालिन् ।

Prabhu
Crest

लाइसेन्स लिएपछि गीताले सुरुमा आफ्नै छोराको बीमा गराइन् । त्यसपछिको २–३ दिनमै गीताले राम्रो पोलिसी बिक्री गरी शाखामा राम्रो व्यापार लिएर गराइन् । त्यसपछि गीता ब्रान्च म्यानेजर भावनालगायत सबै कर्मचारीको सहयोगमा अहिले सफल अभिकर्ता बन्न सफल भएकी छन् । यस पेसाप्रति सन्तुष्टि रहेको गीता बताउँछिन् । यो पेसामा आफूलाई पारिवारिक सपोर्ट भएका कारण पनि सफलता पाएको अनुभव उनी सुनाउँछिन् ।

बीमा क्षेत्रले फेरिदियो गीताको परिचय
बीमा क्षेत्रमै आएर आफ्नो परिचय फेरिएको गीताको भनाइ छ । बीमा क्षेत्रमै आएर एक किसिमको नाम, दाम र पहिचान बनाउन सफल भएकी गीता भन्छिन्, ‘पोल्ट्री व्यापार भनेको बसेरमात्र गरिने पेसा भएकाले व्यवसाय र अभिकर्ता पेसामा धेरै अन्तर पाएँ, पसलमै काम गरिरहेको भए म जहाँको त्यहीँ रहन्थे होला । तर यो पेसाले मलाई समाजमा चिनाउन सफल भएको देख्दा आफैँ खुसी छु ।’
‘यस पेसामा आबद्ध भएपछि पब्लिक रिलेसन बढ्यो, सामान्य ज्याला मजदुरी गर्नेदेखि लिएर पहुँचवालासम्मका मान्छेहरुसँग चिनजान भयो, आफूले चाहेका मान्छेहरुलाई सहजै भेट्न पाएँ र सबै तह र तप्काका मान्छेहरुसँग जोडिनँ पाएँ’, गीता थप्छिन्, ‘कसरी हिँड्ने, कसरी बोल्ने, सबै समाजको गतिविधि, रहन–सहन बुझ्ने मौका पनि पाएँ।’

अभिकर्ता पेसा पुन्यको काम हो
‘आफ्नो लगानी गरेर पसल–व्यवसाय गर्दा जोखिम हुन्छ । घाटा पनि हुन सक्छ । नाफा पनि हुन सक्छ । तर, अभिकर्ता पेसामा थोरै लगानी गरेर पनि लाखौँ आम्दानी गर्न सकिने भएकाले पनि मलाई यो पेसाले धेरै आकर्षित बनायो’, उनले भनिन्, ‘आफ्नो आम्दानी सबलमात्रै नभएर बीमितको भविष्यका लागि पनि जोखिम कभर हुने भएकाले मैले पुन्यको पेसाका रुपमा अभिकर्ता पेसालाई लिएकी छु ।’
‘मानिसहरु मन्दिर जाने गर्छन्। बीमा बुझाएर गरिबीको बीमा गरायो भने मन्दिर जानुपर्दैन, त्यसमा नै भलाइ पाइन्छ, भोलि बीमितको दुःखमा

बीमाले जोखिम लिन्छ । हो, त्यतिबेला हामीलाई उनीहरुले आशीर्वाद दिन्छन्’, गीता भन्छिन्, ‘त्यसैले बीमा गरेर सही–सत्य गर्ने अभिकर्ता सधैँ सफलसमेत हुन्छन् । बीमा गराउने र गर्ने दुवैका लागि राम्रो पनि हुन्छ ।’

बीमा अभिभावक हो
बीमाले अभिभावकको भूमिका निभाउने गीताले बुताउँछिन् । ‘गरिबका लागि त बीमा अभिभावक नै हो । कसैको बुवा हुँदैनन्, कसैको आमा हुँदैनन्, सबैको परिवार सबल हुन्छ भन्ने पनि हुँदैन । जीवन बीमा भविष्यमा पर्ने जुनसुकै क्षति तथा जोखिम, जन्मसँगसँगै मृत्यु अनिवार्य छ । सबै मृत्यु प्राकृतिक रुपमा हुन्छन् भन्ने छैन । कुनै–कुनै अकाल तथा अस्वाभाविक पनि हुन्छ’, उनी भन्छिन्, ‘त्यसकारण जीवन तथा सम्पत्ति जसरी सिर्जना भएको हुन्छ, त्यसैगरी जीवनको मृत्यु तथा सम्पत्तिको नाश हुन्छ । यसले पार्ने प्रभाव मानवीय रुपमा तथा भौतिक रुपमा विकराल हुन सक्छ । जसका लागि जोखिमको सिद्धान्तअनुसार बीमालाई सम्भावित जोखिमबाट पर्न सक्ने असरहरुलाई कम गर्न बीमा अनिवार्य गर्नुपर्दछ । वित्तीय व्यवस्थापनका रुपमा पनि बीमालाई अनिवार्य अँगाल्नुपर्छ ।’

कलेज बढ्दै गरेका विद्यार्थीका लागि उत्कृष्ट पेसा
बीमा अभिकर्ता पेसामा प्रवेश गर्न चाहने नवप्रवेशीलाई यो पेसा एकदमै राम्रो, सम्मानित र मर्यादित रहेको भन्दै गीताले निरन्तर रुपमा लागिपरेर काम गर्दा आम्दानीको हिसाबले राम्रो रहेको बताइन् । ‘बीमा अभिकर्ता पेसा संसारभरि नै अवलम्बन गरिएको पेसा हो,’ उनले भनिन्, ‘आर्थिक रुपमा सबल हुने पेसा भएकाले यो पेसा राम्रो छ । अझ कलेज पढ्दै गरेकाहरुका लागि धेरै राम्रो छ । थोरै समय दिएर गर्दा पढाइ पनि हुने आम्दानी पनि हुने, बुवा–आमासँग पैसा मागिरहन नपर्ने भएकाले पढ्दै गरेका विद्यार्थीका लागि यो पेसा धेरै उत्तम छ ।’

बीमा अभिकर्तामा हुनुपर्ने गुण
एक बीमा अभिकर्तामा धेरै गुण हुनुपर्ने गीताको तर्क छ । ‘सरल स्वभाव, धैर्यता, नरिसाउने बानीजस्ता गुण अभिकर्तामा हुनुपर्छ । सहनशीलता, मिलनसार, घुलमिल हुन सक्ने, कम्पनीका बारेमा जानकारी राख्ने, कम्पनीका विभिन्न पोलिसीका बारेमा ज्ञान इत्यादिलगायतका गुण अभिकर्तामा हुनुपर्छ’, उनले भनिन्।

सुरुका दिनहरुमा बीमा बुझाउन गाह्रो भएको गीताको अनुभव छ । तर अहिले आफूले पनि पूर्ण रुपमा बीमा बुझेर होला बीमा बुझाउन खासै गाह्रो नपर्ने आत्मविश्वासले भरिएको गीता बताउँछिन्।

गीता घरमै बसी–बसी राम्रो आम्दानी गर्छिन् । उनी एक सफल बीमा अभिकर्ताका रुपमा स्थापित भएकी छन्। घरपरिवार, सन्तानसँगै बसेर आम्दानी गर्न पाउने भएकोले उनलाई यो पेसा अति नै उत्तम लागेको बताउँछिन् । आफ्नो व्यापारसँगै अभिकर्ता बनेकोमा उनीमात्र होइन उनका श्रीमान पनि खुसी छन् ।

गीताले अभिकर्ता पेसाबाट सबैथोक पाएको बताउँछिन् । गीता कम्पनीले दिने हरेक टार्गेट मिट गर्न प्रतिबद्ध हुन्छिन् । उनी अभिकर्ता पेसामा लागेको पहिलो वर्षबाट नै लगातार ५ पटक एमडीआरटीसमेत बनिसकेकी छन् । सिटिजन लाइफबाट उनले डायमन्ड क्लबसमेतको अवार्ड हात पारेकी छन् । यसैगरी अभिकर्ताको काम र कर्तव्यलाई आत्मसाथ गर्दै अगाडि बढ्ने गीताले आत्मविश्वास लिएकी छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS