IME Life New

बीमा दाबीमा ठगी नियन्त्रणका लागि बीमा सूचना केन्द्र स्थापना गर्ने योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबीसम्बन्धी ठगी नियन्त्रण र विवाद समाधानका लागि बीमा सूचना केन्द्र स्थापना गर्ने भएको छ । दोस्रो रणनीतिक योजना सन् २०२३–२०२७ ले उद्योगले अपनाएको दाबी भुक्तानी खास प्रभावकारी नभएको पहिचान गर्दै दाबी भुक्तानी प्रक्रियालाई छरितो बनाउने रणनीति लिएको छ।

रणनीतिक योजनाको रणनीतिक स्तम्भले बीमा उद्योगको विश्वास बढाउन र विश्वसनीयता कायम गर्न दाबी प्रक्रिया सुधारमा जोड दिएको छ। रणनीतिक योजनामा ‘बीमा क्षेत्रको उदीयमान समस्याहरु बीमा दाबीको प्रभावकारितासँग अन्तरसम्बन्धित छ; बीमाप्रतिको विश्वास अभिवृद्धि गर्न र बीमा क्षेत्रमा विश्वसनीयता कायम गर्न बीमा दाबी भुक्तानीलाई सहज र छरितो बनाउनु आवश्यक छ’ भनी उल्लेख छ।

Esewa
Crest

रणनीतिक योजनामा पहिचान गरिएका बीमा दाबी सम्बन्धित मुद्दाहरु

दाबी समाधान प्रक्रिया त्यति प्रभावकारी छैन ।

बीमा क्षेत्रप्रति आम जनताको विश्वसनीयता हासिल गर्न शीघ्र दाबी भुक्तानी संयन्त्र अतिआवश्यक छ ।

सरोकारवाला र बीमा क्षेत्रसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्बद्ध अन्य सबै सरोकारवालालाई पूर्ण, सुसंगत र संक्षिप्त जानकारी सहयोग प्रदान गरी बीमा क्षेत्रको प्रभावकारी सञ्चालनमा मद्दत गर्न बीमा सूचना केन्द्र स्थापना गर्न आवश्यक छ।

रणनीतिक योजनाले प्राधिकरण र बीमा उद्योगको दाबी सम्बन्धित वेब पोर्टलको विकासमार्फत दाबी समाधान प्रक्रियालाई २०२६–२०२७ को बीचमा सुधार गर्ने लक्ष्य राखेको छ। तर, यो कामका लागि नियामकका तर्फबाट उल्लेख्य पहल अझैसम्म हुन सकेको छैन । साथै, बीमा उद्योगमा गुनासो सम्बोधन गर्ने संयन्त्रको अभावलाई सम्बोधन गर्न बीमा सूचना केन्द्र (आईआईसी) स्थापनाको प्रस्ताव गरिएको छ। केन्द्रको स्थापनाका लागि सन् २०२५ सम्मको समय सीमा तोकिएको छ।

योजनाअनुसार २०२४ को अन्त्यसम्ममा बीमा ठगी र अपराध नियन्त्रण गर्ने प्रणालीको विकास गरिनेछ। प्राधिकरणले यस्तो संयन्त्रको उपस्थितिबाट बीमासम्बन्धी ठगीलाई रोक्ने आशा लिएको छ। एनआईएको सहजीकरणमा बीमा कम्पनीबीचको तथ्यांक र सूचनाको एकीकरणबाट मात्र यस्तो संयन्त्र स्थापना गर्न सकिने बीमा उद्योगका विज्ञहरु बताउँछन् । नेपालमा बैंकिङ उद्योगले कर्जासम्बन्धी जानकारी आदान प्रदान गर्न र ऋण वितरणमा ठगीबाट बच्न क्रेडिट सूचना केन्द्रको प्रयोग गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS